गायक रमेश बोखिम राई काठमाडौंमा पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत भएका छन्। गत शनिबार सरस्वतीनगरमा सम्पन्न 'रमेश राई सांगीतिक साँझ-२०७१' शीर्षकको उक्त कार्यक्रममा इलामका यी गायकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। समारोहमा साप्ताहिकका वरिष्ठ उपसम्पादक कृष्ण भट्टराईलाई 'राष्ट्रिय सम्मान-२०७१' प्रदान गरिएको थियो भने गीतकार बुद्धवीर लामा, डीआर तथा संगीतकार युवराज गुरुङलाई पनि विशेष सम्मान गरिएको थियो।