कोरियामा बसोबास गरिरहेका गायक सुभाष पराजुलीले गाएको एउटा गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमाल तथा अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेका छन्। गायक सुशांक कँडेलद्वारा निर्देशन गरिएको 'उजाड मेरो जीवनमा' गीतको म्युजिक भिडियो दसैंअघि नै सार्वजनिक हुने बताइन्छ। उक्त भिडियोको छायांकन विदुर पाण्डेले गरेका हुन्।