गायक बाबु बोगटीले आफ्नो पाँचौं एकल एल्बम 'रेस्पेक्ट' को 'साली ओ साली' को म्युजिक भिडियो प्रिमियर गरेका छन् । सातवटा गीतको उक्त एल्बम भने केही समयपछि मात्र सार्वजनिक हुनेछ । प्रिमियर गरिएको भिडियोमा गायक बोगटीकै संगीत छ । बाबु बोगटी र नीता ढुंंगाना अभिनित उक्त भिडियोको निर्देशन कमल राईले गरेका हुन् ।