पप गायक दीपक बज्राचार्य पछिल्लो समय 'हेरिटेज कन्सर्ट' मा व्यस्त हुन थालेका छन् । यही क्रममा भोलि शनिबार उनी कीर्तिपुरमा प्रस्तुत हुँदैछन् । कन्सर्टमा गायक बज्राचार्यले रिदम ब्यान्ड तथा इथनिक अर्केस्ट्रासँग मिलेर आफ्ना दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नेछन् । कीर्तिपुर फुटबल मैदानमा साँझ ५ बजे प्रारम्भ हुने यो कन्सर्टमा नि:शुल्क सहभागिता जनाउने सकिने आयोजक इन्द्रेणी परिवार क्लबले जनाएको छ ।