साप्ताहिक संवाददाता
मनो्ज शेरचनको चलचित्र 'जेरी' को काठमाडौं छायांकनपछि गत जेठ महिनामा हामी मुस्ताङ जान तयार भयौं । पोखरामा केही दिनको छायांकनपछि हाम्रो युनिटको मुस्ताङ यात्रा प्रारम्भ भयो । मुस्ताङ जाने क्रममा बाटोदेखि नै हाम्रो छायांकन प्रारम्भ भैसकेको थियो । अन्ततः जेठको पहिलो साता हामी मुस्ताङ पुर्यौं । जेठको महिना भएकाले खासै जाडो नहोला भन्ने अनुमान थियो तर मेरो अनुमानले धोका खायो, काठमाडौंमा कात्तिक?मंसिरमा जस्तो जाडो हुन्छ, जेठमा मुस्ताङको जाडो त्यत्तिकै थियो । हामी ठूलो समुहमा मुस्ताङ पुग्ने पहिलो उद्देश्य भनेको 'जेरी' को छायांकन नै थियो तर समूह ठूलो भएकाले हामीले यात्राको रमाइलोसहित छायांकन गर्यौं । मुस्ताङको प्रँकृतिक सौर्न्दर्यको शब्दमा वर्णणगर्न सकिँदैन । नजिकै देखिने हिमाल, चिसो हावा, मीठो खाना त्यहाँका विशेषता नै लाग्यो । मैले जीवनमा पहिलो पटक 'ब्रान्डी' चाखेको पनि मुस्ताङमै हो । मुस्ताङको ब्रान्डी आफैंमा लोकप्रिय रहेछ ।
मुस्ताङका थुप्रै रमणीय स्थलमध्ये मलाई त्यहाँको टिटी ताल असाध्यै मनपर्यो । उक्त तालको पानीको रंग परिवर्तन हुँदो रहेछ । बिहानै पुग्दा त्यहाँको पानी हल्का नीलो देखिन्छ, दिउँसो गाढा नीलो देखिन्छ भने साँझ गाढा हरियो देखिन्छ । मुस्ताङको फ्रेस तरकारी पनि मलाई उत्तिकै मन पर्यो । त्यहाँका मानिसहरूको साधारणपन, कलाकारहरूलाई गर्ने माया, बिहान सबेरै उठेर प्रँरम्भ हुने जनजीवन अनि साँझ चाँडै सुत्ने बानी पनि रमाइलो लाग्यो । छायांकनमा व्यस्त हुँदै मुस्ताङको करिब १६ दिनको बसाइ कति चाँडो सकियो, पत्तै पाइएन । छायांकनमा व्यस्त हुनुपरेकाले मैले धीत मारेर त्यहाँको प्रँकृतिक सौर्न्दर्यको आनन्द उठाउन पाएको थिइन । 'जेरी' को व्यवसायिक सफलतापछि अब हामी यो सफलताको खुसीयाली मनाउन पुनः एकपटक मुस्ताङ जाने योजनामा छौं । यसपटकको हाम्रो यात्राको उद्देश्य विशुद्ध भ्रमण हुनेछ । 'जेरी' मार्फ मुस्ताङको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सकेकोमा म असाध्यै खुसी छु ।