वर्षा शिवाकोटी, नायिका

वर्षा शिवाकोटी, नायिका

- सुव्रत आचार्य

मंसिर १९, २०७१

- अधिकांशको पहिलो प्रेम टिनएजमै हुन्छ, तर त्यो प्रेमलाई सिरियस्ली लिनु हुँदैन । टिनएजको प्रेम भनेको मात्र आकर्षण हो ।

- प्रेम सम्बन्धलाई अचेलको पुस्ताले सबैभन्दा सजिलो कार्यका रूपमा बुझेका छन् । एउटा कुरा के बुझ्न जरुरी छ भने— प्रेम कुनै खेल होइन । खेलाँचीमा प्रेम नगरौं ।  

- सम्बन्ध बनाउन जति गाह्रो छ, बिगार्न त्योभन्दा सजिलो हुन्छ । जब सम्बन्ध टुटछ अनि थाहा हुन्छ कि प्रेम के हो ? कसैको मन दुखाउन प्रेम गर्दै हुनुहुन्छ भने बरु प्रेमको कुरा मनबाटै निकाल्नुहोस् ।

- कोही मन परेर मात्र हुँदैन । उसको साथले आफ्नो जीवनमा पुग्ने फाइदा-बेफाइदा पनि सोच्नु पर्छ । आँखा चिम्लेर प्रेम गर्‍यो, अनि के कुरामा चित्त बुझ्दैन अनि 'ब्रेकअप' गर्नेहरूको संख्या बढेको छ । प्रेम आँखा चिम्लेर होइन, दिमाग र आँखा खुला राखेर गर्नुपर्छ ।

- आफु खुसी हुन सकियो भने मात्र अरूको साथ प्राप्त गर्न सकिन्छ । अरूलाई खुसी बनाउन सक्नु नै माया हो ।

प्रकाशित :मंसिर १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्