साप्ताहिक संवाददाता
पुस ४, २०७१
चौधरीको हिन्दी एल्बम
उद्योगपति साहित्यकार वसन्तकुमार चौधरी हिन्दी गीतहरूको एल्बममार्फत श्राेतामाझ आउने भएको छन् । नेपाली गीति एल्बम सार्वजनिक गरिसकेका चौधरीले 'मोमेन्ट्स अफ लभ' शीर्षकको एल्बममार्फत आफ्ना हिन्दी गीत सार्वजनिक गर्न लागेका हुन् । भारतको टाइम्स म्युजिकले उत्पादन तथा अन्तराष्ट्रिय रूपमा वितरणको जिम्मा लिएको यो एल्बममा रुपकुमार राठौर, निती मोहन, सान, जावेद अली, मोहित चौहान, पलक मुचाल तथा श्रेया घोषालले स्वर दिएका छन् भने बलिउडकै संगीतकार शुशांक शंकरले संगीत दिएका छन् ।