माघ ८ मा संविधान आउँछ भनेर आशा गरेका जनताले यसपटक पनि भनेको समयभित्र संविधान पाएनन् । यसरी दोस्रो पटक पनि संविधान नपाउँदा नेताहरूले त्यसको जिम्मेवारी लिनुपनर्ेे थियो, तर उनीहरू अझै एक-अर्कालाई व्यंग्य कस्दै लड्नमै व्यस्त छन् । जनतामाझ चरित्र उदाङ्गो हुँदा पनि उनीहरूलाई लाज लागेको छैन । यस्तै परिवेशमा पहिले पनि मञ्चन भैसकेको नाटक 'कोमा : अ पोलिटिकल सेक्स' लाई समयसापेक्ष भन्दै फेरी मञ्चन गराइएको छ । नाटक हेर्दा अहिलेको नेपाली राजनीति दुरुस्तै झल्किएको अनुभव हुन्छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भैरहेको यो नाटकका निर्देशक घिमिरे युवराज हुन् भने लेखक कुमार नगरकोटी हुन् ।