• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कला अनुरागी

समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल
चैत्र २९, २०७६


भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन आज शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो ।

नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि  भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए । ‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रङ्गमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रङ्गमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने । 
उत्सवको नियमित समय बेलुकी ५ बजे रङ्गमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए । उनले भने, ‘अरू नयाँ र सिर्जनात्मक कार्यक्रम हुनेछ ।’

आजको नाटक
आज दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन हुँदैछ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय देख्न पाइनेछ । 

त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन हुँदैछ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउँछ । गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् । 

को को छन् ‘ताराबाजी लै लै’ मा ?

नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन् । जो सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका छन् । 

काभिड–१९को संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो । 

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल facebook.com/theatreMall बाट लाइभ स्ट्रिमिङ गरिनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik