• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?
लकडाउन खुलेपछि सरकारलाई खवरदारी गर्न सडक नाटक प्रदर्शनको तयारीमा शिल्पी थिएटरका रंगकर्मीहरु ।  तस्विर सौजन्यः शिल्पी थिएटर
असार १०, २०७७
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?

रङ्गकर्मी केदार श्रेष्ठ ३ महिनापछि आफ्नो थिएटर पुगे । थिएटर मल– कीर्तिपुर रङ्गमञ्च । भवनवरिपरि झार उम्रिएका थिए, विभिन्न स्थानमा परेवाले गुँड लगाएछन् । मन गह्रुंगो र उदास भयो उनको । दिनभरि सरसफाइ गरे । ४ महिनाअघि भित्तामा टाँसेको कार्यतालिकामा नजर पर्‍यो । अग्रसूचीमा थियो नाटक– ‘बहुलाकाजीको सपना’ । सामान्य अवस्था हुन्थ्यो भने अघिल्लो सालको अन्तिममै प्रदर्शन सकिइसक्ने नाटक रिहर्सलबाटै स्थगित भयो । ‘त्यसपछि वैशाखको नाटक, जेठको फिल्म फेस्टिभल लगायतका धेरै सूची अधुरै छन्’, केदार सुस्केरा हाल्छन् ।

लकडाउन हुनुअघिका नाटकमा उपस्थित दर्शकबाट केदार उत्साहित थिए । विशेषतः ‘जामुनको रुख’ मञ्चन हुँदाको दर्शक संख्या उनलाई चित्त बुझेको थियो । तर पहिलो वर्षमा उत्साहसहित बामे सर्दै गरेको कीर्तिपुर रङ्गमञ्चलाई महामारीले अस्तव्यस्त बनाइदिएको छ । ‘झार उम्रिएको त उखेलेँ, सफा भयो । तर, प्रकोपलाई न छेक्न सकिन्छ न रोक्न’, उनको स्वरमा चिन्ता मिसिएको थियो ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरको पनि धेरै योजना कोरोना प्रकोपका कारण स्थगित भयो । शिल्पीले लकडाउनअघि स्कुलका विद्यार्थीका लागि नाटक तयार गरेको थियो, दुइटा नाटक रिहर्सलको लागि तयारीमा थियो । ‘सबै स्थगित गरेर हिँड्नुपर्यो, आर्थिक समस्या पनि ठूलै व्यहोर्नुपर्‍यो’, शिल्पीका संस्थापक रङ्गकर्मी घिमिरे युवराज भन्छन् ।

टेकुस्थित कौसी थिएटरकी संस्थापक रङ्गकर्मी आकांक्षा कार्की जर्ज अरवेलको उपन्यासमा आधारित रहेर ‘एनिमल फार्म’ नाटक मञ्चन तयारीमा थिइन् । जसको रिहर्सलका साथै लगानीसमेत निश्चित भइसकेको थियो । तर, लकडाउनको कारण न लगानी सुरक्षित हुन सक्यो, न रिहर्सलकोे काम नै अघि बढ्यो ।

कोरोना महामारीको प्रभाव नेपालमा देखिएपछि यसरी नै रङ्गमञ्च नराम्ररी प्रभावित भएको छ । रङ्गमञ्च व्यावसायिक बन्दैछ भनेर उत्साहित रङ्गकर्मीमा स्वाभाविक निराशा छाएको छ । अनामनगरस्थित मण्डला थिएटरकी अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बा भन्छिन्, ‘अब कतिपय थिएटर बन्द हुन्छन् जस्तो लाग्छ । पहिले पनि थिएटर हल कठिनाइले चलिरहेका थिए । भाडा तिर्न अप्ठ्यारो हुन्थ्यो, अब त सिकिस्त नै पर्ने भयो ।’ अधिकांश थिएटर हलको भाडा तिर्न नसक्ने स्थितिमा छन् । आम्दानी शून्य छ । ‘यो कठिनाइसँग जुध्न निकै सकस भइरहेको छ’, उनले भनिन् ।

काठमाडौं उपत्यका बाहिर पनि रङ्गमञ्च बन्दै थिए, जसले विकेन्द्रीकरणको उत्साह थपिएको थियो । तर महामारीको प्रभावले त्यसमा पनि ‘ब्रेक’ लागिरहेको छ । पोखरा थिएटर, पोखरा नाटकका साथै फिल्म महोत्सवको तयारीमा जुटेको थियो । तर, कोरोना कहरका कारण भएको लकडाउनले सबै योजना भंग भएको थिएटरका अध्यक्ष रङ्गकर्मी परिवर्तन बताउँछन् । ‘नाटकघर बनाएर २ वर्षअघि नाटक सुरु गरेका थियौं । भर्खरै लय समातेको रङ्गमञ्चमा एउटा प्रलय आएको महसुस हामीलाई भएको छ’, उनले दुःखेसो पोखे ।

लकडाउनले निम्त्याएको आर्थिक समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे उनको टिम चिन्तित छ । ‘सधैं अभावमा गुज्रिरहेको थिएटरमा झनै अभावले थिचिदिएको छ । लामो समय थिएटर बन्द हुँदा सञ्चालन खर्च बढिरहेको छ । जसले ऋणको भार थपिदिएको छ’, उनले भने ।

दमकको कदम थिएटर संकटबीचमा पनि बनिरहेको छ । रङ्गकर्मीहरू हल निर्माणमा जुटिरहेका छन् । लकडाउनपछि धेरै योजना बुनेको हुँदा यसै बीचमा हल तयार गर्न लागेको रङ्गकर्मी सिजन दाहाल बताउँछन् । सिजन लकडाउनअघि ‘बाछिटा’ नामक नाटकको तयारीमा जुटेका थिए । ‘तोकिएको मितिको तीन दिनअघि नाटक रोक्नुपर्यो । अरू वर्कसप पनि ठप्प भयो’, उनले जानकारी दिए । निर्माणकै सुरुवाती अवस्थामा रहेको हुँदा थिएटरले आर्थिक संकट नराम्ररी व्यहोर्नु परेको उनले सुनाए ।

लकडाउन खुलेपछि थिएटर मल किर्तिपुरको प्राङगन ।  तस्विर सौजन्य थिएटर मल किर्तिपुर

कसरी फर्किएलान् दर्शक ?

रङ्गमञ्च सुचारु हुन दर्शक पहिलो सर्त हो । महामारीका कारण निर्माण भएको मनोविज्ञानका कारण दर्शक छिट्टै फर्किने कुरामा रङ्गकर्मीलाई आशंका छ । रङ्गकर्मी सुब्बा अवस्था सामान्य भए पनि दर्शक फर्कन २ वर्ष भन्दा बढी समय लाग्ने अनुमान गर्छिन् । उनी भन्छिन्, ‘अब दुई–चार वर्ष त दर्शक स्वभाविक रूपमा कम हुन्छन् । किनकि, लकडाउनपछि पनि धेरैको प्राथमिकतामा थिएटर पर्दैन ।’

यसैबीच पनि नाट्य निर्देशक विमल सुवेदी भने अवस्था सामँन्य भए बिस्तारै रङ्गमञ्च सुचारु गर्नुपर्ने कुरामा जोड दिन्छन् । उनी भन्छन्, ‘थिएटरमा कसरी फर्किने भनेर छलफल भइरहेको छ । सुरक्षामा ध्यान दिएर काम गर्न नसकिने होइन । हामी दसैं आसपासबाट काम सुरु गर्ने योजनामा छौँ ।’ पहिलेको तुलनामा कम दर्शक आउने भएकाले त्यहीमबोजिम स्वागत गर्ने गरी थिएटरको संरचना बनाएर काम गर्ने योजना रहेको उनले बताए ।

लकडाउन नै कहिलेसम्म जाने भन्ने अनिश्चित भएकाले शिल्पीका युवराज भने थिएटरभित्र गतिविधि गर्ने अवस्थामा नरहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो योजना खुला रङ्गमञ्चमा कसरी जाने र सर्वसाधारणमा कसरी अशा जगाउने भन्नेतिर केन्द्रित छ । तर, त्यो पनि निश्चित छैन ।’ दसैंसम्ममा मानिसहरू बाहिर निस्कने अवस्था भयो भने त्यसको ६ महिनापछि थिएटर सञ्चालन गर्न सकिने उनको अनुमान छ । यद्यपि, पुरानै गतिमा फर्कन भने धेरै समय लाग्ने उनी बताउँछन् । ‘मनोवैज्ञानिक रूपमा रङ्गकर्मी र दर्शक तयार हुन समय लाग्छ । अर्कोचाहिँ आर्थिक रूपमा निकै ठूलो क्षति भएको छ । र, संकटको बेलामा ज्यान बचाएर गर्न सक्ने काममा राज्यको अभ्यास नै छैन’, उनी भन्छन् ।

अहिलेको परिस्थितिमा दर्शक फर्काउने हतारो गर्न पनि नहुने रङ्गकर्मी आकांक्षाको तर्क छ । उनी सुझाउँछिन्, ‘विदेशतिर के गर्छन् त्यो पनि हामीले हेर्नुपर्छ । आफूले मनोमानी खोल्नु उचित हुन्न ।’ अहिले रङ्गमञ्चको विकल्प भन्दा पनि आम्दानीको विकल्पमा रङ्गकर्मी लाग्नुपर्ने तर्क उनको छ । ‘अहिले आम्दानीको विकल्प खोजेर रङ्गमञ्चलाई पछि पुनर्जागरण गरौं’, उनी भन्छिन्, ‘संसारभरि थिएटर रोकिएर फेरि जागरण भएको इतिहास छ । डिजिटल समयमा मानिसहरू थिएटरबाट टाढिए पनि पछि फर्किएका छन् ।’

भर्चुअल विकल्पमा बहस

रङ्गमञ्च लामो समयसम्म सञ्चालन नहुने अवस्था रहिरहे के गर्ने ? डिजिटल प्ल्याटफार्मको अभ्यास नाटकमा सम्भव छ ? अहिले प्रश्न उठेको छ । न्युजिल्याण्ड, क्यानडालगायतका देशका अभ्यास हेर्ने हो भने पनि थिएटरमा नाटक देखाएर बोर्डकास्ट गर्नेलाई राज्यले नै आर्थिक सहायता गरिरहेको छ । तथापि नेपालमा भने यस विषयमा प्रारम्भिक बहसमात्रै छ, त्यही पनि रङ्गकर्मीबीच । त्यसमा सबैभन्दा ठूलो मत छ– रङ्गमञ्चमा गरिने नाटक भर्चुअल माध्यमबाट प्रस्तुत गर्दा रङ्गमञ्चकै मर्म मर्छ ।

लकडाउनको बेलामा थिएटर मल, कीर्तिपुरले भर्चुअल माध्यमबाट पुराना नाटकको स्ट्रिमिङ गरेको थियो । केही समयलाई उपयुक्त भए पनि त्यो निरन्तर रङ्गमञ्चीय अभ्यास भने हुन नसक्ने मलका निर्देशक केदार श्रेष्ठलाई नै लाग्छ । ‘कति साथीहरूले फेरि पनि भर्चुअल गर्नुस् भनेर आग्रह गर्नुहुन्छ । तर, त्यो सम्भव छैन’, केदार भन्छन्, ‘हामीले देखाएको नाटक पुराना हुन्, जुन मञ्चन भइसकेका थिए । नयाँ सिर्जना गरेर प्रस्तुत गर्न सम्भव छैन ।’

कौसी थिएटरका रंगकर्मीहरु जर्ज अरवेलको उपन्यास ‘एनिमल फार्म’ नाटक मञ्चनको तयारीमा ।  तस्विर सौजन्य कौसी थिएटर

कौसीकी आकांक्षा पनि भर्चुअल मध्यमबाट गरिएको नाटकको कुनै अर्थ नहुने मत राख्छिन् । ‘बरु फिल्म बनाउन सक्छौँ, तर भर्चुअल नाटक गर्नु भनेको रङ्गमञ्चको मर्ममात्र मार्नु हो’, उनी तर्क राख्छिन्, ‘तपाईं एउटा मान्छे रोएको, हाँसेको फिल गर्न सक्नुहुन्छ, तर धड्कन फिल गर्न सक्नुहुन्न । त्यस्तै हो, भिडियोले रङ्गमञ्चलाई देखाउन सक्दैन ।’

भर्चुअल माध्यम थिएटरको विकल्प हुन नसक्ने मतमा सिर्जना पनि सहमत छिन् । ‘नाटकको आत्मा भनेको थिएटर हो । प्रत्यक्ष गएर दर्शकले हेर्नुमा नै यसको अर्थ हुन्छ,’ उनले भनिन् । तथापि, परिस्थितिले माध्यमका विकल्पबारे बहस गर्नुपर्ने परिस्थिति सिर्जना भने गरिदिएको छ । त्यसका लागि बहस र तालिम दुवैबारे सोच्नु पर्ने रङ्गकर्मी सिजन बताउँछन् । ‘हामीले थिएटरको साटो रेडियो नाटकको तयारी गरिरहेका छौं । ताकि थिएटर गर्न नसकुन्जेल घरमै बसेर रेडियोमार्फत् नाटक सुन्न सकियोस्’, उनले भने ।

अवसर पनि

लकडाउनलाई समस्यामात्र हैन, कतिपय रङ्गकर्मीले अवसरको रूपमा पनि लिएका छन् । ‘हामी सधैँ हतार र दौडधुपमा हुन्थ्यौँ, आफूलाई चिन्न पनि सकिएको थिएन । अहिले आफूलाई चिन्ने र थिएटरबारे अध्ययन गर्ने मौका धेरै पाएका छौँ,’ रङ्गकर्मी इस्टु कार्की भन्छिन्, ‘अनुशासन भन्ने कुरा लकडाउनको बीचमा मैले अझै सिकेँ । यसले मेरो रङ्गकर्मलाई मद्दत गर्छ ।’

रङ्गकर्मी राजन खतिवडा पनि यतिबेला नाटकलाई मौलिक र सुन्दर कसरी बनाउन सकिन्छ भन्ने प्रयत्नमा लागिरहेका छन् । ‘केही लेखकसँग नाटकबारे बहस गर्दै बारम्बार भेटिरहेको छु । नाटक लेखाउन बल लगाइरहेको छु’, उनी बताउँछन्, ‘अहिले मानिसहरू जुन ट्र्यापमा परेका छन्, त्यसलाई भत्काउने खालको नाटक बन्नुपर्छ । हामी फेरि उठ्छौँ, काम गर्छौं । आशा छ, यो समयले नाटकमा नयाँपनलाई निम्त्याउँछ ।’

निर्देशक विमल सुवेदी पनि अब नयाँ र भिन्न तरिकाले काम गर्न खोजिरहेको बताउँछन् । यसबीचमा धेरै रङ्गकर्मीको चेतनाको स्तर र काम गर्ने तरिकामा सुधार आएको उनको आँकलन छ । ‘म आफैं नयाँ अपडेट र सिकाइमा लागिपरेको छु ताकि प्रस्तुतिमा नयाँपन र मौलिकता आओस्’, उनी भन्छन्, ‘आर्ट कल्चरमा हामी धरै पछाडि छौं । अबको अवस्थामा फरक तरिकाले सोच्नुपर्छ भन्ने लागेको छ । आशा छ, अब नाटकमा परिवर्तन आउँनेछ ।’

यो पनि पढ्नुस
रङ्गमञ्चमा केन्द्र भत्किँदैछ: अनुप बराल

अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमाका स्वप्नद्रष्टा हुन्, अनि नयाँ पुस्ताका गुरु पनि । प्रभावशाली नाटक रङ्गमञ्चमा ल्याइरहनु र सिनेमामा पनि आफ्नो भाषा खोज्नु उनको कलायात्राका पदचिन्ह हुन् । काठमाडौंमा दुई दशक कलाकर्म गरेर गृहनगर पोखरा फर्किएका बरालसँग गरिएको कुराकानी:

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik