प्रयोगवादी रंगमञ्चमा कार्यरत अमेरिकी रंगकर्मी, कवि तथा प्रोफेसर क्रिस ब्रान्ट नेपालमा ग्रामीण रंगमञ्चको सम्भावनामा काम गरिरहेका छन् । विनाशकारी भूकम्पपछि पीडित रंगकर्मीहरूका लागि विभिन्न गाउँमा पुगेर उत्प्रेरणात्मक कक्षा, अभ्यास एवं प्रवचन कार्यक्रम सञ्चालन गरिरहेका ब्रान्ट गत साता मोरङको झोराहाट पुगे भने गत सोमबार नगरकोटको सेलो थिएटरका कलाकारहरूका लागि त्यस्तै कक्षा सञ्चालन गरे । समाजशास्त्री ब्रुस प्याडलका साथमा आएका ब्रान्टले शिल्पी थियटरसँगको सहकार्यमा कक्षाहरू सञ्चालन गरिरहेका छन् । कक्षामा शिल्पीका कला निर्देशक घिमिरे युवराज, अध्यक्ष कुमार आले तथा साहित्यकार कुमार नगरकोटी पनि साथमा थिए । सेलो थियटर नगरकोटमा ग्रामिण रंगमञ्च बनाउने तयारीमा छ ।