साप्ताहिक संवाददाता
एउटा गरिब केटोलाई राजमार्गमा गीत गाउँदै माग्दै हिंडिरहेको बखत चलचित्रकर्मी शिशिर राणा उनको गायन प्रतिभाबाट प्रभावित भएपछि काठमाडौं लिएर आए, संगीतकार बसन्त सापकोटालाई भेटाए । चलचित्र ‘नाइँ नभन्नु ल’को ‘मर्ने कसैलाई रहर हुँदैन’ तथा शिर्षगीतबाट उनको ख्याति एकाएक बढ्यो । सानो उमेरमै त्यो केटो अर्थात गायक प्रेम परियार अहिले गायन क्षेत्रमा ‘स्टार’ भएका छन् । कैयन विदेशी मूलुकहरु पनि घुमिसके ।
उनले पछिल्लो पटक यति धेरै गीत गाए कि संभवत: उनलाई नै सम्झन गाह्रो हुन्छ होला । संगीतकार सन्तोष श्रेष्ठले केही समयअघि आमाको सम्झनामा उनलाई एउटा मर्मस्पर्शी गीत गाउन लगाएका थिए । कसैको घरमा काम गरि बसेकी एउटी बाल श्रमिकको वेदनालाई गीतकार परिक्षद सेन ठकुरीले रचेका थिए । त्यही गीतका प्रेमले स्वर भरेका थिए । ठकुरीकै निर्देशनमा तयार भैसकेको लघु चलचित्र ‘अकिंचन’मा उक्त गीतलाई समेटिएको छ । नीर शाह, दिलिप रायमाझी जस्ता स्थापित कलाकारहरुको अभिनय रहेको लघु चलचित्र ‘अकिंचन’को ‘तिमीलाई थाहा छ नि आमा’ बोलको उक्त गीत कता–कता हिन्दी गीत ‘तुझको पता है ना माँ’ संग मिलेको जस्तो लागे पनि परिवेश, संगीत र गायनका हिसाबले प्रेम परियारले गाएर पनि ओझेलमा परेको यो गीतले पाउनु पर्ने जति चर्चा पाएन ।
गीतको भिडियो लिंक :