• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
नाकाबन्दीको मारमा महोत्सव
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नाकाबन्दीको मारमा महोत्सव
पुस ७, २०७२

नवीन पौडेल, लोकदोहोरी गायक 

यदि तराई–मधेसमा आन्दोलन तथा भारतले नाकाबन्दी नगरेको हुन्थ्यो भने यही मंसिर महिनामा मात्र म करिब आधा दर्जन महोत्सवमा सहभागी भैसकेको हुन्थें । म मात्र होइन, अधिकांश लोकप्रिय गायक–गायिकाहरू दसैं–तिहारपछि अत्यन्त व्यस्त भैसकेका हुन्थें । 

अघिल्लो वर्षको मंसिरमा एक दर्जनभन्दा बढी महोत्सव सञ्चालन भएका थिए । तीमध्ये अधिकांशमा मैले पनि सहभागिता जनाएको थिएँ । गत वर्ष सम्पन्न महोत्सवहरूसँग तुलना गर्ने हो भने यो वर्ष मंसिरमा जम्मा पाँच वटामात्र महोत्सव भएका छन्, ती पनि केही दिनका लागि मात्र । यो वर्ष मंसिरमा उदयपुर महोत्सव, धनगढी महोत्सव, डडेल्धुरा महोत्सव, पोखरा महोत्सव तथा गुल्मी वामी टक्सार महोत्सवमात्र सञ्चालन भएको मैले थाहा पाएको छु । तीमध्ये मैले उदयपुर तथा गुल्मीमा आयोजना भएका महोत्सवमा सहभागिता जनाएँ । पुसमा आयोजना हुने लुम्बिनी एक्स्पो–२०७२ (बुटबल महोत्सव) तथा सिन्धुलीको मरिन महोत्सवमा पनि सहभागिता जनाउनेछु । अरू महोत्सवका बारेमा अहिलेसम्म जानकारी पाएको छैन । 

सामान्यतया: एउटा महोत्सव कम्तीमा दुई सातासम्म सञ्चालन हुन्छ । महोत्सव अवधीभर हरेक साँझ राष्ट्रिय स्तरका आधा दर्जनभन्दा बढी कलाकार सहभागी हुन्छन् । गायक, गायिका, हास्यकलाकार, नृत्य कलाकारसहित दुई साताको महोत्सवमा थुप्रै कलाकारले आफ्ना कला प्रदर्शन गर्ने अवसर पाउँछन् । राष्ट्रिय स्तरका कलाकारहरू जिल्ला–जिल्लामा आयोजना हुने महोत्सवमा सहभागी हुँदा ती महोत्सवमा दर्शक सहभागिता पनि अत्यन्त बढी हुन्छ । महोत्सवमा दर्शकहरूको संख्या बढ्नेबित्तिकै त्यहाँको व्यापार–व्यवसाय पनि स्वत: वृद्धि हुन्छ । यसपटक पूर्वनिर्धारित अधिकांश महोत्सव स्थगित भैदिँदा हामी जस्ता कलाकारको व्यस्तता नै खुम्चिएको छ । 

नेपालमा हरेक वर्ष महोत्सवहरू आयोजना हुने स्थानमा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु, दाङ, चितवन, नवलपरासी, वीरगन्ज, सर्लाही, सिराहा, मोरङ, झापा, सुनसरी आदि अग्रपंक्तिमा छन् । यो वर्ष ती स्थानमा महोत्सव नहुने पक्काजस्तै छ । जसका कारण म मात्र होइन, राष्ट्रिय स्तरका प्राय: सबै कलाकार खासगरी गायक–गायिका, हास्य तथा नृत्य कलाकारहरूसमेतको आम्दानी घटेको छ । 

महोत्सवले हामी कलाकारलाई मात्र नभएर कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । महोत्सवमा मनोरञ्जक कार्यक्रम त आकर्षण मात्र हो, मुख्य उद्देश्य त स्थानिय उत्पादनहरूको बिक्री–वितरण, प्रवद्र्धन एवं प्रचारप्रसार हो । देशमा उत्पन्न राजनीतिक समस्याका कारण यी सबै गतिविधि ठप्प भएका छन् । 

महोत्सवमा सहभागी हुने कलाकारले आफ्ना नयाँ–पुराना गीत गाएर स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कुरा त छँदैछ, कलाकार र दर्शकको प्रत्यक्ष भेटघाट हुने यी कार्यक्रममार्फत उनीहरूबीचको सम्बन्ध अझ प्रगाढ हुन्छ, तर यो वर्ष यी कुनै पनि गतिविधि नहुँदा हामी कलाकारहरू एक प्रकारले निराशसमेत छौं । आशा गरौं, यो समस्या चाँडै समाधान हुनेछ र यही वर्ष आयोजना हुने महोत्सवमा हाम्रो उत्साहजनक सहभागिता रहनेछ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik