साप्ताहिक संवाददाता
असार ३१, २०७३
राजधानीमा यतिबेला स्कुले जीवनमा केन्द्रित दुई नाटक मञ्चन भैरहेका छन् । अनामनगरस्थित मण्डला थिएटरमा खगेन्द्र लामिछाने निर्देशित नाटक ‘दाँतका डोब’ तथा काठमाडौं मलस्थित थिएटर मलमा केदार श्रेष्ठ निर्देशित नाटक ‘उपियाँको निबन्ध’ मञ्चन भैरहेको छ । यी दुवै नाटक बालमनोविज्ञानमा आधारित छन् ।