साप्ताहिक संवाददाता
भाद्र १४, २०७३
गायक खेम रिसालको पहिलो एकल गीति संग्रह ‘थालनी’को गीतकार डा. कृष्णहरि बराल, संगीतकार राजु सिंह र गायिका देविका बन्दनाले संयुक्त रुपमा विमोचन गरे । आधुनिक गायनमा रुचि राख्ने रिसालको यस एल्बममा माय–प्रेम र जीवन–दर्शनका भावलाई समेटिएका चारवटा गीत समावेश छन् ।
कार्यक्रममै थालनीमा समावेश ‘ठहरै बनायो गाँठे’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । निकेश खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । वर्षा शिवाकोटी, खेम रिसाल र बाल कलाकार प्रान्स तिवारीले अभिनय गरेका म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
ठहरै बनायो गाँठेको म्युजिक भिडियो