भरतपुर गार्डेन रिसोर्टमा दर्शकको आकर्षण गायक सत्यराज आचार्य बने । कार्यक्रममा जिल्लाका कहलिएका उद्योगी, ब्यवसायी, चिकित्सक, कलाकारको उपस्थिती रहेको थियो । आफ्नै लेखन, संगित तथा गायनमा सार्वजनिक भएको एल्बम ‘मधुशाला’ को प्रमोशनमा सत्यराज विराटनगर हुदै चितवन आएका हुन् ।
‘गजल इतिहाँसमै एउटै स्रष्टाद्धारा लेखन, संगित र गायन गरिएको ‘मधुशाला’ प्रथम ऐतिहासिक गजल एल्बम हो,’ सत्यले स्टेजमा पुगेपछि दर्शक सामु भने, ‘आशा छ तपाईहरुले मधुशालाका गीत मनपराइ दिनु हुने छ ।’
बुवा भजनशिरोमणी भक्तराज आचार्यको ‘जहाँ छन बुद्धका आँखा..’ गीतबाट प्रस्तुतीको थालनी गरे । त्यसपछि उनले मधुशालाको शिर्ष गजल ‘आउ आज रमाउ मधुशालामा’ गाए । राती १० बजे सम्म उनले आफ्ना एल्बममा रहेका ८ वटा गीत दर्शकलाई सुनाएर मनोरञ्जन दिलाए । कार्यक्रम नसकिदासम्म दर्शकले सत्यको साथ छाडेनन् । मधुशाला विथ सत्यराज आचार्य शीर्षकको उक्त कार्यक्रममा उनलाई सात जना म्युजिसियनको साथ रह्यो । उनी बुटवल र पोखराका दर्शकलाई मनोरञ्जन प्रदान गराएर काठमाडौं फर्किएका छन् ।