
साप्ताहिक संवाददाता

युरोपका बिभिन्न देशहरुमा सांगितिक कार्यक्रम गरिसकेका गायक तुलसि शिवाकोटीको नयाँ एल्बम मुहार बजारमा आएको छ । यस एल्बममा पाँच वटा गीतहरु समाबेश छन् । कस्तो भयो होला नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, पिपलपाते ओठले, आमा मेरी आमा, गर्न गर्यो कलियुगको इन्टरनेटले जस्ता गीतहरु समाबेश छन् ।
मुहार एल्बममा समाबेश गीतहरुमा निरज श्रेष्ठ, रियाज शिवाकोटी, बिनोद बराइलीको रहेको छ । यसमा रोजि लाबुङ राई, सुमन बैरागी र कल्पना खरेलको शब्द रहेको छ । यस एल्बममा रहेका गीतहरु सबै उमेर समुहका श्रोताहरुलाई सुहाउँने खालका छन् । ‘यस एल्बमबाट दर्शकको माया पाउँने आशा गरेको छु ।’ गायक शिवाकोटीले भने, ‘बिशेषगरी युवा पुस्ता र विदेशमा रहने नेपालीहरुलाई लक्षित गर्दै एल्बम निकालेको छु ।’
मुहार एल्बमको रुचाइएको गीत