साप्ताहिक संवाददाता
आश्विन ३०, २०७३
रंगकर्मी जोडी सुनिल पोखरेल र निशा शर्मा नाटक यात्राका क्रममा अमेरिका पुगेका छन् । अमेरिकाको दक्षिण राज्य टेक्सासबाट उनीहरूको यात्रा प्रारम्भ भएको हो ।
टेक्सास राज्यको डालसस्थित अर्भिङ आर्ट सेन्टरबाट उनीहरूले आफ्नो झन्डै दुई महिना लामो नाटक यात्रा थालेका हुन् । निशा र सुनिलले त्यहाँ याज्ञसेनी र यात्रा शीर्षकका दुई सोलो नाटकमा अभिनय गर्नेछन् ।
याज्ञसेनीमा निशाले दौप्रदीको कथामा तथा यात्रामा सुनिलले आफ्नो जीवनयात्राको विषयलाई नाटकमा उतार्नेछन् ।