साप्ताहिक संवाददाता
मंसिर २८, २०७३
काठमाडौं— गायक पवन थिङले गाएका गीतहरुको एल्बम ‘साइनो’ मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो...’ को म्युजिक भिडियो काठमाडौंमा प्रिमियर गरिएको छ । सञ्चारकर्मी भरत शाक्यको प्रमुख आथित्यमा आयोजित प्रिमियर समारोहमा गायक थिङले साइनो...गीतका बारे जानकारी गराएका थिए । गायक थिङले पश्चिम नेपालको लोक लयमा आधारित ‘साइनो...’ श्रोताको रोजाइमा पर्न सक्ने अपेक्षा गरेका छन् ।
गायक थिङकै शब्द तथा प्रेम गुरुङले संगीतबद्ध गरेको साइनोमा फणिन्द्र राईले संगीत संयोजक गरेका हुन् । निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थिङ आफैले अभिनय गरेका छन् । अभिनयमा उनलाई नृत्यांगना एलिशा राईले साथ दिएकी छिन् । अर्जुन तिवारी तथा उनको समुहले धुलिखेलमा छायांकन गरिएको हो ।
यस्तो छ भिडियो :