साप्ताहिक संवाददाता
पुस ८, २०७३
अघिल्लो वर्ष आफ्ना एकल रचना समेटिएको गीतिएल्बम ‘भाव–सागर’ सार्वजनिक गरेकी गीतकार अम्बिका गुरुङले आज शुक्रबार गोकर्णको संयुक्त अपाङ्ग आवाज एकता केन्द्रमा दोस्रो एल्बम ‘भाव–सागर–२’ सार्वजनिक गर्दैछिन् ।
समारोहमा एल्बमका गीतमा स्वर प्रदान गर्ने गायक राजेशपायल राई, राज सिग्देल, गायिका रिमा गुरुङ होडा, मिलन अमात्य तथा जुना प्रसाईंले गीत प्रस्तुत गर्नेछन् । बालबालिकालाई जाडोका न्याना पहिरनसमेत वितरण गरिने उक्त समारोहमा बालबालिकाहरूसँग सामूहिक भोजनसमेत गरिंदैछ ।