साप्ताहिक संवाददाता
पुस १५, २०७३
भारतीय लेखक धर्मवीर भारतीद्वारा सन् १९५४ मा लिखित नाटक ‘अन्धोयुग’ महाभारतको एउटा खण्डलाई तत्कालीन राजनैतिक अवस्थासँग दाँजेर लेखिएको थियो । अहिले पनि अवस्था उस्तै छ । राजेन्द्र सलभले अनुवाद गरेको यो नाटक पहिले पनि धेरै पटक मञ्चन भैसकेको थियो । अहिले त्यही नाटकमा मण्डला थिएटरमा नाटक प्रशिक्षण लिएका ‘थिएटर ल्याब–५’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन् । अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भैरहेको नाटक अन्धो युगको निर्देशन दीपक बरालले गरेका हुन् ।