साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७३
भ्यालेन्टाइन डेको अवसर पारेर १४ फेब्रुअरीकै दिन गायक रामकृष्ण ढकालले आफ्नो नयाँ गीत ‘यस्तो को हौ तिमी...’ को म्युजिक भिडियो प्रिमियर गरेका छन् । कालिञ्चोकको हिउँमा छायांकन गरिएको उक्त भिडियोमा गायक ढकालकी श्रीमती नीलम ढकाल तथा अभिनेता मञ्चिन शाक्यले अभिनय गरेका छन् । यो भिडियोका निर्देशक निकेश खड्का हुन्, जसमा मनिष वशिष्टको संगीत तथा दवान गुरुङको शब्द छ ।