साप्ताहिक संवाददाता
यादव खरेलरचित विभिन्न चाडपर्वमा गाइने लोक–सांस्कृतिक गीतहरू सङ्कलित एल्बम ‘लै बरी लै’ को वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बुधबार लोकार्पण गरेका छन् । म्युजिक नेपालले प्रकाशनमा ल्याएको उक्त एल्बममा सङ्कलित केही गीतले विभिन्न पर्व र उत्सवहरूमा धेरै अघि हामीले देखेको र अहिले हराएको साङ्गीतिक पाटोलाई स्मरण गराएका छन् । अहिलेका पुस्ताका लागि यो एल्बमका गीतले हाम्रो मौलिक संस्कृतिबारे अध्ययन गर्न मार्गदर्शन गर्छ । धेरै अगाडि तयार भएर पनि विभिन्न कारणले अहिले मात्र प्रकाशन हुने अवसर पाएका यी गीतहरूले नेपाली संस्कृतिप्रति चासो राख्ने श्रोता या समीक्षकलाई गीत–सङ्गीतका हिसाबले नौलो आस्वादन गराउने कुरा गीतकार खरेलले व्यक्त गरे ।
गणेश परियार, मदन दिपबिम, शम्भुजित बाास्कोटा र शिलाबहादुर मोक्तानद्वारा सङ्गीतवद्ध ‘लै बरी लै’ एल्मबमा लोचन भट्टराई, नूतन प्रधान, तुलसी पराजुली, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ, जुजुकाजी रञ्जित, रीमा गुरुङ होडा, इन्दिरा गुरुङ, भानु ओली, जूना प्रसाईं र आभा मुकारुङ आदिले स्वर दिएका छन् ।