साप्ताहिक संवाददाता
जेष्ठ १, २०७४
यो वर्षको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार संगीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह तथा नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौं वार्षिकोत्सवका अवसरमा उनीहरूलाई जनही एक लाख रुपैयाँको पुरस्कार प्रदान गरेकी हुन् ।