साप्ताहिक संवाददाता
बिमा अभिकर्ता बन्न बिमा समितिबाट मान्यताप्राप्त संस्थाबाट बिमा व्यवसायसम्बन्धी तालिम लिएको प्रमाणपत्र आवश्यक हुन्छ । यस्तो तालिम लिन एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । बिमा अभिकर्ता भएको प्रमाणपत्र प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ ।
लाभदायक रोजगारी
- फुर्सदको समयमा काम गर्न सकिने
- पैसाका साथै इज्जत पनि प्राप्त हुने
- एसएली उत्तीर्ण गरेकाले पनि सजिलै काम गर्न सक्ने
- अध्ययन गर्दै काम गर्न सकिने
- कमिसनका साथै बोनसको पनि व्यवस्था
बिमा अभिकर्ता हुन
- नेपाली नागरिक हुनुपर्छ
- न्यूनतम एसएलसी उत्तीर्ण
- आर्थिक हिनामिनासम्बन्धी अभियोग नलागेको
- नम्र स्वभाव, अरूलाई सम्मान गर्ने
- अरूको विचार सुन्ने, धैर्यवान्
- अरूलाई कुरा बुझाउन सक्ने
- समुदायलाई कमाउन तथा बचत गर्न प्रेरित गर्न सक्ने व्यक्ति
- बिमासम्बन्धी ऐन–नियम तथा कानुनको जानकारी भएको व्यक्ति