साप्ताहिक संवाददाता
गायक प्रकाश सिंह पछिल्लो समय आफ्नै शब्द संगीत सहित बजारमा आएका छन् । सिंहले ‘केही चोटले’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनको आफ्नै शब्द, संगीत तथा स्वर समावेश छ । फिरोज बज्राचार्यले गीतको एरेञ्ज र मिक्सिङ गरेका छन् ।
केही चोटले हानी गरायो केही चोटले ज्ञानी बनायो बोलको यो पप गीत मर्मस्पर्शी रहेको छ । हङकङ –मकाउमा रहेर पनि गायक प्रकाश सिंह गीत संगीतमा तल्लीन रहेका युवा संगीतकर्मी हुन् ।
गीतको म्यूजिक भिडियो बनाइएको छ । म्यूजिक भिडियोमा मोडल कलाकार बर्षा सिवाकोटी र गम्भिर बिष्ट फिचरिङ भएका छन् । ज्ञानेन्द्र शर्मा र महेश जोशीले गीत खिचेका छन् भने कलर र सम्पादनको काम नबीन निरौलाले गरेका हुन् । गम्भिर बिष्टको निर्देशन रहेको म्यूजिक भिडियोलाई सुरेन बस्यालले सह- निर्देशन गरेका हुन् ।
केहि चोटले हानी गरायोको म्यूजिक भिडियो