विधि
दण्डासन अर्थात् गोडा सीधा गरेर बस्ने ।
घुँडा मोडेर पैताला जोड्ने र शरीरको नजिक राख्ने ।
पुतलीले पखेटा चलाएझैं घुँडालाई तलमाथि चलाउने ।
घुँडाले जमिनमा स्पर्श गरेको राम्रो, तर जबरजस्ती नगर्ने ।
फाइदा
गोडा निदाउने, झमझमाउने आदि समस्यामा आराम मिल्छ ।
पद्मासनलगायत अन्य आसन गर्न सजिलो हुन्छ ।
पुरुषहरूको प्रोस्टेड ग्रन्थिको समस्यामा लाभदायक हुन्छ ।
महिलाहरूको महिनावारी गडबडी तथा तल्लो पेटको समस्यामा लाभ मिल्छ ।
जाङ तथा कम्मरमा हुने असहजतालाई निराकरण गर्छ ।
थकान हटाउँछ ।
मूत्राशयको समस्यामा लाभ प्राप्त हुन्छ ।
गर्भवती महिलाका लागि समेत उपयोगी हुन्छ ।
लोकनाथ खनाल
योग प्रशिक्षक,
पतञ्जली योग समिति