• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
स्वास्थ्य क्षेत्रका उपलब्धि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्वास्थ्य क्षेत्रका उपलब्धि
पुस १७, २०७४

सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि भएका छन् । मानिसको जीवनलाई 

थप सहज बनाउन यस्ता उपलब्धिहरू सहयोगी हुने विश्वास गरिन्छ ।

नयाँ ब्लड प्रेसर गाइडलाइन

कार्डियोलोजीको क्षेत्रमा सन् २०१७ मा तीनवटा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । अमेरिकन हार्ट एसोसिएसनले ब्लड प्रेसरका सन्दर्भमा नयाँ गाइडलाइन तयार गरेको छ, जसअनुसार पहिले माथिल्लो सिस्टोलिक १ सय २० तथा तलको डायस्टोलिक ८० लाई सामान्य ब्लड प्रेसर मानिँदै आएकोमा अब ती दुवै १५ वा २० प्वाइन्ट धेरै भए पनि पहिले जस्तो चिन्तित हुनुपर्ने अवस्था छैन । यद्यपि सावधानी अपनाउनु भने आवश्यक छ । पहिले यो लेभल १४०/९० भए औषधिका लागि सिफारिस गरिन्थ्यो भने अब त्यसलाई घटाएर १३०/८५ बाटै औषधि खान सिफारिस गरिने भएको छ । पहिले एलडीएल वा ब्याड कोलेस्ट्रोल शरीरका लागि त्यति हानिकारक मानिँदैनथ्यो, तर अहिले एलडीएल कुनै पनि रूपमा मुटुका लागि हानिकारक प्रमाणित भएको छ । 

नयाँ डाइबिटिज गाइडलाइन

२०१७ मा अमेरिकन डायबिटिज फाउन्डेसनले एउटा गाइडलाइन निर्माण गरेर सीजीएमसी प्याच अर्थात् कन्टिन्युअस ग्लुकोज मोनिटरिङ सिस्टमलाई शरीरका लागि आवश्यक भएको बतायो । यसबाट बिरामीको औषधिमा केही कमी गर्न सकिन्छ । उक्त प्याचमा एउटा सेन्सर हुन्छ र त्यसले दिनरात ग्लुकोजको मात्रा मोनिटर गर्छ । यसको सहयोगले चिकित्सकले बिरामीका लागि आवश्यक डाइट तथा व्यायाम आदिको सल्लाह प्रदान गर्न सक्छन् । उक्त प्याचलाई ७ देखि १५ दिनमा परिवर्तन गर्नुपर्छ । 

इम्युनोथेरापीबाट क्यान्सरको उपचार

क्यान्सरको उपचारका लागि मेडिकल साइन्सले इम्युनोथेरापीको महत्वलाई स्वीकार गरेको छ । हालसम्म केमोथेरापी, रेडिएसन वा सर्जरी नै क्यान्सरको उपचारको विकल्प थियो । अब इम्युनोथेरापी पनि क्यान्सर रोगीका लागि आशाको किरण बनेको छ । बेलायतका वैज्ञानिकहरूले प्रयोगमा ल्याएको यो प्रविधि आगामी दिनमा थप प्रयोगमा आउने र क्यान्सरको उपचारका लागि उपयोगी हुने विश्वास गरिएको छ । 

स्पाइनल सर्जरीमा क्रान्ति

ढाडको हाड अर्थात् स्पाइनलसम्बन्धी समस्या आए यसको उपचार गर्न निकै समस्या हुन्छ भने ढाडको सर्जरी गराउन नै डराउनुपर्ने अवस्था छ । यदि कुनै जटिलता उत्पन्न भए लामो समय आराम गर्नुपर्ने वा प्यारालाइसिससमेत हुन सक्ने सम्भावना हुन्छ । यद्यपि सन् २०१७ मा ओ–आर्म–२ नामक स्पाइनल ग्याजेट तयार पारिएपछि सर्जरीको क्षेत्रमा एउटा नयाँ क्रान्ति आएको छ । ओ–आर्म–२ को सञ्चालन कम्प्युटरबाट हुन्छ । यसको सहयोगले स्पाइनलसम्बन्धी विभिन्न समस्याको समाधान अझ राम्रो तरिकाले भैरहेको छ । यसमा भएको थ्रिडी नेभिगेसन सिस्टमका कारण स्पाइनमा भएका विकारग्रस्त भाग पहिचान गर्न सहज भएको छ । 

श्वास रोगीलाई राहत

दम तथा सीओपीडीजस्ता बिरामीका लागि सन् २०१७ मा पहिलेभन्दा राम्रा इन्हेलर तथा डिभाइस बजारमा आए, जसका कारण रोगमा नियन्त्रण कायम गर्न सकिन्छ । एलर्जिक आस्थमाका बिरामीका लागि एलर्जन इम्युनोथेरापी प्रचलनमा आएको छ । स्लिप एप्नियाका बिरामीका लागि पनि एक प्रकारको डिभाइस उपलब्ध छ । फोक्सोको क्यान्सर पत्ता लगाउन र उपचार गर्न नयाँ प्रविधिको प्रयोग हुन थालेको छ । क्षयरोगीका लागि समेत यो वर्ष बेडाक्युलाइन तथा डेलामेनिड जस्ता एन्टी ट्युबरक्युलर औषधि उपलब्ध हुन थालेका छन् ।

 

सिंगल टच उपचार गर्ने डिभाइस

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सिंगल टचमै शरीरका विभिन्न भागमा भएका घाउ वा कुनै कोषमा भएका खराबीको उपचार गर्ने डिभाइस विकसित गरेका छन् । टिस्यु नानोट्रान्सफेक्सन (टीएनटी) नामक उक्त डिभाइसको सहयोगले विभिन्न दुर्घटनामा लागेको चोटपटकको समेत उपचार गर्न सकिन्छ ।

 

छाला प्रत्यारोपण

फ्रेन्च चिकित्सकहरूले एक ३३ वर्षीय व्यक्तिको शरीरमा उनकै जुम्ल्याहा भाईको छाला प्रत्यारोपण गरे । पेरिसको सेन्ट लुइस हस्पिटलमा गरिएको उक्त सर्जरीमा शरीरको ९५ प्रतिशत भन्दा बढी जलेको छालाको सट्टा अर्को छाला प्रत्यारोपण गरिएको थियो । यद्यपि विश्वमा यस प्रकारको सर्जरी पहिले पनि भएको थियो, तर यति ठूलो भागको छाला प्रत्यारोपण भएको थिएन । 

जिन सुधार्ने प्रविधि

वैज्ञानिकहरूले यो वर्ष मानिसको शरीर भित्र जिन सम्पादन गर्ने प्रविधि (सीआरआईएसपीआर) पत्ता लगाएका छन् । शरीरमा भएको ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) लाई हटाउन एक प्रकारको जेल प्रयोग गरिन्छ । यसबाट शरीरमा अनावश्यक रूपमा ट्युमर बढ्ने समस्यासमेत समाधान हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik