• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
वर्ष २०१७ मा विश्व खेलकुद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्ष २०१७ मा विश्व खेलकुद
पुस १८, २०७४

सन् २०१७ मा अन्तर्राष्ट्रिय खेलकुदको सबैभन्दा महत्त्वपूर्ण घटना त्यो रह्यो, जुन वास्तवमा मैदानभित्रको थिएन । त्यो यस्तो घटना थियो, जसले पूरा विश्व खेलकुदको ध्यान आफूतर्फ खिच्यो र यसको प्रभाव आउने धेरै वर्षसम्म रहनेछ । प्रसङ्ग अमेरिकी बेसबल खेलाडी तथा तिनले विरोधमा गरेको अनौठो प्रदर्शन हो । सबैलाई थाहा छ, अमेरिकामा अझै पनि अश्वेतप्रति उत्तिकै अन्याय हुन्छ । अझ अमेरिकी प्रहरी त अश्वेतहरूप्रति बढी नै पूर्वाग्रही देखिन्छ । 

अझै पनि अमेरिकामा अश्वेतहरूप्रति अमानवीय घटना दोहोरिरहन्छ । त्यसकै विरोध गर्न सन फ्रान्सिस्कोका अश्वेत खेलाडी कोलिन केपरनिकले एउटा अनौठो उपाय निकाले । उनी खेल सुरु हुनअघि अमेरिकाको राष्ट्रिय गीत बज्दा उभिएनन्, घुँडा टेकेर बसे । पछि उनको यो शैलीलाई अरुले पनि पछ्याए । उनको यस्तो व्यवहारको विरोधमा बोल्ने पहिलो व्यक्ति रहे, स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । 

राष्ट्रपति ट्रम्पले त ती खेलाडीलाई वाहियात समेत भने र सक्दो गाली गरे । फेरि त्यसको विरोधमा अरू धेरै खेलाडी यसरी नै राष्ट्रिय गीतका बेला घुँडाले टेकेर बसे । विरोधको यो शैलीलाई धेरैले सन् १९६८ को मेक्सिको ओलम्पिकका क्रममा केही अश्वेत खेलाडीले पदक वितरणका क्रममा राष्ट्रिय गीत बज्दा हात माथि उठाएर गरेको विरोधलाई सम्भिेएका छन् । यो घटनालाई अझै पनि सम्झिइन्छ र तय छ, बेसबल खेलाडीहरूको अहिलेको विरोधलाई पनि धेरैले पछिसम्म सम्झनेछन् । 

मैदान बाहिरको एउटा अर्को घटनाका कारण पनि उत्तिकै चर्चित रह्यो— सन् २०१७ । शीतकालीन ओलम्पिकमा रूसविरुद्ध प्रतिबन्ध लगाइयो । कुनै समय रूस विश्व खेलकुदको महाशक्ति थियो र उसले अमेरिकालाई दरिलो चुनौती दिन्थ्यो, तर अहिले रूसी खेलकुद लगातार विवादमा छ र त्यसको कारण हो, सरकारी स्तरबाटै हुने डोपिङ । तत्कालीन सोभियत संघको समयदेखि नै रुसी सरकारले व्यवस्थित ढंगले आफ्ना खेलाडीहरूलाई प्रतिबन्धित शक्तिवद्र्धक औषधी सेवन गराउँदै आएको 

विश्वास गरिन्छ । 

यो क्रम सोभियत संघको विघटनपछि पनि जारी रह्यो । अहिले आएर ती घटनाक्रमको पुष्टि भएको हो र यसैका लागि रूसजस्तो देश प्रतिबन्धमा परेको हो । धेरैले के चिन्ता व्यक्त गर्न थालेका छन् भने ओलम्पिक आन्दोलन प्रतिबन्धित शक्तिवद्र्धक औषधीको प्रयोगविरुद्धको युद्धमा हार्दैछ र त्यो दिन पनि आउन सक्छ, जति बेला ओलम्पिकमाथि कसैको विश्वास हुने छैन् । यसैले पनि रूसमाथिको अहिलेको प्रतिबन्धलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

डोपिङको लगातार विरोध गर्दै आएका र कहिल्यै यस्तो विवादमा नपरेका जमैकाका युसेन बोल्टले सन् २०१७ मै खेल जीवनबाट संन्यास लिए । लन्डनमा भएको वल्र्ड च्याम्पियनसिप उनको अन्तिम प्रतियोगिता रह्यो । उनले उक्त प्रतियोगितामा राम्रो प्रदर्शन पनि गर्न सकेनन्, तैपनि उनी सबैको ध्यान आफूतिर तान्न भने सफल रहे । विश्व एथलेटिक्सले अहिलेसम्म पाएको सबैभन्दा ठूला र महान खेलाडी मानिएको छ, जमैकाका धावक बोल्टलाई । 

बोल्टकै कारण एथलेटिक्समा अझै धेरैको विश्वास र आस्था रहेको मानिन्छ । उनको संन्यासपछि विश्व एथलेटिक्समा एउटा कालखण्डको अन्त्य भएको छ र यसलाई भनिएको छ, बोल्ट युग । बोल्ट विना विश्व एथलेटिक्स कस्तो हुनेछ, धेरैले त्यसको अनुमान गर्न सकेका छैनन् । 

सन् २०१७ को विश्व खेलकुदमा सर्वाधिक महत्त्वपूर्ण अवसर रह्यो, आउने फुटबल विश्वकपको छनौट पूरा भै रूसमा हुने विश्वकपमा सहभागी हुने ३२ टिमको नाम तय हुनु । दुई वर्षअघिदेखि सुरु भएको विश्वकप छनौट यो वर्ष टुंगियो र त्यस क्रममा अनेकन उतारचढाव देखियो । केही अपेक्षित टिमले सजिलै छनौट यात्रा पार गरे, जस्तो जर्मनी र ब्राजिल भने केही ठूला टिम असफल भए— जस्तो इटाली र नेदरल्यान्ड्स । 

आउने विश्वकपको ड्र पनि जारी भैसकेको छ जसअनुसार आउने विश्वकपको लिग चरणमा कसले कोसँग खेल्नेछन् भन्ने कुरा तय भैसकेको छ । यो ड्र को सबैभन्दा ठूलो विशेषता लिग चरणमा खासै ठूलो प्रतिस्पर्धा नहुनु हो अर्थात एक समूहमा चार टिम छन् भने ती चारै टिम स्तरका छैनन् । त्यसको अर्थ, आउने विश्वकपमा गु्रप अफ डेथ हुनेछैन र प्रतियोगिताको खास मज्जा लिग चरणको समाप्तीपछि मात्र आउनेछ । 

यसपटक विश्वको फुटबलमै राज गर्न सफल भयो, स्पेनको रियल म्याड्रिड । सन् २०१७ मा रियलले पाँचवटा उपाधि जित्यो र ती थिए— स्पेनी ला लिगा, फिफा क्लब वल्र्डकप, युरोपेली च्याम्पियन्स लिग, स्पेनी सुपरकप तथा युरोपेली सुपरकप । टिमका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि पनि सन् २०१७ सम्झनालायक रह्यो । यता विश्वकपअघि तयारीका रूपमा सञ्चालन हुने कन्फेडेरेसन कप जर्मनीले जित्यो । 

क्रिकेटमा सबैभन्दा पुरानो इतिहास बोकेको एसेज सिरिज फेरि एकपल्ट अस्ट्ेरलियाको कब्जामा पुगेको छ । यस्तै इंग्लिस भूमिमा भएको आईसीसी च्याम्पियनसिप भने पाकिस्तानको नाममा रह्यो । लगातारको असफलता, विवाद र एक्लोपनबीच सबैलाई स्तब्ध पार्दै पाकिस्तानले उक्त प्रतियोगिता जितेको थियो । यसक्रममा सिद्ध भएको थियो, पाकिस्तानी क्रिकेट मरेको छैन, भलै विदेशी टिम पाकिस्तानी भूमिमा गएर खेल्न मान्दैनन् । 

टेनिसतर्फ भने पुराना पाका खेलाडीको पुनरागनको वर्ष रह्यो, सन् २०१७ । रोजर फेडेरर, राफेल नाडाल र सेरेना विलियम्सको जितले सिद्ध गरेको छ, मेहनतले जस्तै उमेरमा पनि ठूलै सफलता हात पार्न सकिन्छ । भारतले आयोजना गरेको यू–१७ फुटबल विश्वकप पनि वर्ष– २०१७ मा उत्तिकै चर्चामा रह्यो । विश्व फुटबलमा भारतको कुनै बलियो उपस्थिति छैन, तर चीनले जस्तै भारतले पनि विश्व फुटबलमा केही गरेर देखाउने महत्त्वकांक्षा पालेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik