• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
सर्वाधिक कमाउने मोडलहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सर्वाधिक कमाउने मोडलहरू
पुस १९, २०७४

केन्डल जेनर

गत वर्ष सुपर मोडल केन्डल जेनरसँग १ करोड अमेरिकी डलर थियो र उनी फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सन् २०१६ को सूचीको तेस्रो स्थानमा थिइन् । यो वर्ष केन्डलको कमाइ बढेर २ करोड २० लाख अमेरिकी डलर पुग्यो र यो कमाइले केन्डललाई वर्ष २०१७ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको पहिलो स्थानमा उभ्याएको छ । केन्डलको इन्स्टाग्राम फलोअरको संख्या ८ करोड ५० लाख छ । केन्डल यो वर्ष विश्वविख्यात कस्मेटिक ब्रान्ड एस्टी लाउडर, अन्डर वेयर ब्रान्ड ला पर्ला तथा स्निकर उत्पादक एडिडासको विज्ञापनमा पनि छाइन् । रियालिटी टिभी शो, मार्क ज्याकोबको रनवे आदिबाट पनि यो वर्ष केन्डलको खातामा डलरको वर्षा भएको थियो ।

गिसेली बन्डचेन 

सन् २००२ देखि फोब्र्स पत्रिकाको वर्षको सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको अग्रस्थानमा रहँदै आएकी ब्राजिलियन मोडल गिसेली बन्डचेन यो वर्ष दोस्रो स्थानमा धकेलिइन् । ३७ वर्षीया गिसेलीको कमाइ गत वर्षको तुलनामा ह्वात्तै घटेर १ करोड ७५ लाख अमेरिकी डलर पुग्यो । गत वर्ष उनको कमाइ ३ करोड ५ लाख अमेरिकी डलर थियो । गिसेलीको यो वर्षको कमाइको महत्वपूर्ण हिस्सा सुगन्धसम्बन्धी उत्पादन क्यारोलिना हेरिरासितको आबद्धता तथा आरेजो फुटवेयर र भिभारा ज्वेलरीको विज्ञापनमार्फत संकलन भएको हो । 

क्रिस्सी टिएगन

सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा यही वर्ष डेब्यु गर्दै सीधै तेस्रो स्थान ओगट्न सफल भएकी छिन्— क्रिस्सी टिएगन । पूर्व स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनको कभर गर्ल क्रिस्सीको यो वर्षको कमाइ १ करोड ३५ लाख अमेरिकी डलर छ । फेसनका विभिन्न गतिविधिसँगै भिटा कोको र स्मिर्नअफजस्ता लोकप्रिय पेय पदार्थको विज्ञापनदेखि हेयर केयर कम्पनी ट्ेरसेमी र कस्मेटिक ब्रान्ड बेक्कासितको संलग्नताले पनि द लिप सिन्क ब्याटल नामक टेलिभिजन शोकी होस्ट तथा कुकबुककी लेखिका क्रिस्सीको झोला भर्ने काम गर्‍यो । 

एड्रियाना लिमा 

सन् २००० देखि नै विश्व प्रसिद्ध लिङ्गेरी ब्रान्ड भिक्टोरियाज सिक्रेट एन्जेल बन्न सफल लिमाको यात्राले यो वर्ष पनि निरन्तरता पायो । ३६ वर्षीया यी सुपर मोडलको कमाइ गत वर्षकै बराबर अर्थात् १ करोड ५ लाख अमेरिकी डलर रह्यो । यद्यपि फोब्र्स पत्रिकाको सन् २०१६ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको दोस्रो स्थानमा रहेकी लिमा यो वर्ष दुई स्थान तल झरेर चौथौं स्थानमा समेटिन पुगेकी छिन् । यो वर्ष उनको कमाइमा स्पोर्टम्याक्स नामक ब्रान्ड तथा मार्क ज्याकब्सको सुगन्धसँगको संलग्नता प्रमुख रह्यो । टेलिभिजिन प्रस्तोताका रूपमा समेत उनले केही कमाइ गरिन् । 

गिगी हाडिड

इन्स्टाग्राममा ३ करोड ७० लाख फलोअर भएकी मोडल गिगी हाडिडको लोकप्रियतासँगै उनको वार्षिक कमाइ पनि उकालो लागेको पाइन्छ । गत वर्ष उनले फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको वार्षिक सूचीमा टप फाइभभित्र डेब्यु गरेकी हुन् । गिगीले गत वर्ष ९० लाख अमेरिकी डलर आफ्नो खातामा जम्मा गरेकी थिइन् भने यो वर्ष उनको कमाइ बढेर ९५ लाख अमेरिकी डलर पुगेको छ । २२ वर्षीया गिगीलाई मेबिलिइन, टमी हिलफाइगर, भोग आइवेयरजस्ता टप ब्रान्डले रुचाइदिँदा उनको माग ह्वातै बढेको थियो । 

रोजी हन्टिङटन ह्वाइट्ली

इङ्लिस मोडल एवं अभिनेत्री रोजी हन्टिङटन ह्वाइट्ली यो वर्ष फोब्र्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको पाँचौं स्थानमा छिन् । उनको यो वर्षको कमाइ ९५ लाख अमेरिकी डलर छ । यो कमाइमा आफ्नै ब्रान्डको लिङ्गरी, मेकअप तथा सुगन्धसमेत समावेश छ । त्यसबाहेक उनको कमाइमा बर्बरी सुगन्ध तथा अन्य क्लोथिङ ब्रान्ड एवं डिजाइनरहरूसितको आबद्धताले पनि उत्तिकै भूमिका खेलेका छन् ।

कार्ली क्लस

२५ वर्षीया कार्ली क्लस भिक्टोरियाको गत वर्षको कमाइ १ करोड डलर पुगेको थियो, त्यसैले उनी फोब्र्सको सूचीमा तेस्रो स्थानमा फड्को मार्न सफल भएकी थिइन् । यो वर्ष क्लसको कमाइ घटेसँगै फोब्र्सको सूचीमा उनी सातौं स्थानमा धकेलिएकी छिन् । यो वर्ष उनको कमाइ ९० लाख अमेरिकी डलरमा समेटियो । भोग म्यागजिनको विभिन्न संस्करणमा ३६ पटक कभर कर्ल बनिसकेकी कार्ली क्लसको आबद्धता एडिडास, एक्सप्रेस, स्वारोस्कीजस्ता ब्रान्डसित छ । 

लिउ वेन

पहिलो चिनियाँ सुपर मोडल लिउ वेनको कमाइ यो वर्ष गत वर्षको तुलनाका केही घटेको छ । गत वर्ष उनले ७० लाख अमेरिकी डलर कमाइ गरेकी थिइन् भने यो वर्ष उनको कमाइ ६५ लाख अमेरिकी डलर रह्यो । लिउ फोब्र्स पत्रिकाको वर्ष २०१७ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा गत वर्षझैं आठौं स्थानमा छिन् । कस्मेटिक ब्रान्ड एस्टि लाउडरको एसियाली प्रवक्ता वेन भिक्टोरियाज सिक्रेट फेसन शोमा क्याटवाक गर्ने तथा अमेरिकी भोग पत्रिकाको कभरमा देखा पर्ने पहिलो चिनियाँ मोडल हुन् । 

बेला हाडिड

सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको नवौं स्थानमा डेब्यु गरेकी छिन् बेला हाडिडले । गिगी हाडिडकी सहोदर बहिनी बेलाले यो वर्ष ६० लाख अमेरिकी डलर आम्दानी गरिन् । डियोर मेकअप, नाइकी तथा नार्स कस्मिेटिकजस्ता दर्जनौं ब्रान्डका लागि काम गरेकी २१ वर्षीया बेला इन्स्टाग्राममा समेत उत्तिकै लोकप्रिय छिन् ।

एस्ले ग्राहम 

एस्ले ग्राहम यो वर्ष ५५ लाख अमेरिकी डलरको कमाइसँगै फोब्र्स पत्रिकाको वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको टप टेन भित्र डेब्यु गर्न सफल भएकी छिन् । उनी सूचीको दसौं स्थानमा छिन् । यो वर्ष एस्ले एडिसन एली, ड्रेसबार्नदेखि लेन ब्रायन्ट तथा एच एन्ड एम ब्रान्डको स्वीमसुट प्रोजेक्टमा सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik