विधि
उत्तानो अर्थात् ढाडको बलमा सुत्ने ।
घुँडा मोडेर नितम्बको नजिक ल्याउने ।
कुर्कुचालाई हातले समाउने, नसके नजिक राख्ने ।
श्वास भर्दै हातको बलमा नितम्बलाई माथि उठाउने ।
यसो गर्दा मेरुदण्ड राम्रोसँग तन्किनुपर्छ ।
१०–१५ सेकेन्ड रोकेर विस्तारै पुरानै अवस्थामा फर्कने ।
फाइदा
मेरुदण्डलाई बलियो एवं लचिलो बनाउँछ ।
पाचन तन्त्र बलियो हुन्छ ।
यो आसनले पेट, थाइराइड तथा फोक्सोमा सकारात्मक प्रभाव पार्छ ।
दम, उच्च रक्तचाप तथा पिनासका रोगीलाई फाइदा हुन्छ ।
तनाव, चिन्ता एवं थकान हराउँछ ।
ढाड तथा टाउकाको पीडा कम हुन्छ ।
महिनावारीको गडबडीमा राहत मिल्छ ।
पिसाबसम्बन्धी समस्यामा लाभ हुन्छ ।
योग प्रशिक्षक,
पतञ्जली योग समिति