फाल्गुन १२, २०७४
चियाखेतीमा संलग्न किसानहरूलाई उत्साहित गर्न पाँचथरका विभिन्न आठ ठाउँमा सडक नाटक मञ्चन गरिएको छ । उत्पादित चियाको बजारीकरण तथा चिया मजदुरहरूको हक अधिकारको पक्षमा वकालत गर्ने उद्देश्यले उक्त नाटक मञ्चन गरिएको बताइएको छ ।
नाटक पाँचथरको राँके, पौवाभञ्ज्याङ, लालीखर्क, फिदिम, थर्पू, गोपेटार आदि ठाउँमा माघ २६, २७ तथा फागुन १ र ५ गते मञ्चन गरिएको हो । उक्त नाटकमा प्रेम नेपालको लेखन तथा कमल घिमिरेको निर्देशनमा संघर्ष खतिवडा, चेतन घिमिरे, एञ्जिना उप्रेती, समिक्षा लिम्बू, सागर माङ्मु आदि कलाकारले अभिनय गरेका थिए ।