साप्ताहिक संवाददाता
सर्वनाम थिएटरले चैत १९ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवमा बेलायत, फ्रान्स, भारत, बंगलादेश, हङकङ, जर्मनी, फिलिपिन्स, स्कटल्यान्ड, नेदरल्याण्ड तथा नेपालका विभिन्न कलाकारहरूको एकल प्रस्तुति रहनेछ । करिब एक दर्जन देशका तीन दर्जन रंगकर्मीको सहभागिता रहने उक्त महोत्सवमा रंगमञ्चसम्बन्धी अन्तरक्रिया, छलफल तथा कार्यशाला समेत सञ्चालन हुनेछ । १३ वटा नाटक सहभागी हुने यो महोत्सवमा हरेक दिन बिहान ११ बजे नाटक मञ्चन सुरु हुनेछ भने दैनिक ३ देखि ५ वटा नाटक मञ्चन हुनेछन् ।
महोत्सवमा १० नाटक
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा सञ्चालित राष्ट्रिय नाटक महोत्सवमा १० वटा नाटक मञ्चन भए । पोखरा, गैरापाटनस्थित पोखरा थिएटरको गन्र्धव नाटकघरमा प्रस्तुत महोत्सवमा डा. सचिन घिमिरेको सहजीकरणमा नबिन सुब्बा, सुर्वण थापा तथा अरुणा कार्कीबीच नेपाली रंगमञ्च र चलचित्रका सम्बन्धमा छलफलसमेत भएको थियो । उक्त नाटक महोत्सव चैत ८ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।