• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
गजमेरलाई रेडियोको सलाम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

गजमेरलाई रेडियोको सलाम
चैत्र १६, २०७४

पुराना संगीतकार रञ्जित गजमेरलाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । शनिबार बिहान ८ बजदेखि झन्डै ५ घण्टा रेडियो कान्तिपुरको तरंगमार्फत ‘सलाम जिउँदो इतिहासलाई’ शीर्षकको कार्यक्रममार्फत संगीतकार गजमेरलाई कान्तिपुर रेडियोले सम्मान गरेको हो । 

एक महिनाअघि सांगीतिक समूह कन्दराको आग्रहमा पोखरामा आयोजित अभिनन्दन समारोहमा सहभागिता जनाउन मुम्बईबाट नेपाल आएका संगीतकार गजमेरले मुम्बई फर्कनु एक दिनअघि रेडियो कान्तिपुरको स्टुडियोमा झन्डै पाँच घण्टा बिताएका थिए । रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी तथा कन्दरा समुहका गायक विवेक श्रेष्ठको सक्रियतामा गजमेरलाई रेडियोले सार्वजनिक रूपमा सम्मान गरेको हो । 

निकै कम संख्यामा नेपाली चलचित्र निर्माण हुने समयदेखि नै नेपाली चलचित्रमा आफ्ना कर्णप्रिय संगीत दिएर दर्जनौं कालजयी गीत तयार पार्ने संगीतकार गजमेरलाई जिउँदो इतिहास मानिन्छ । नेपाली चलचित्रका पाँच दशक पुराना लोकप्रिय गीतमा संगीतकार गजमेरकै संगीत सुन्न पाइन्छ । 

नेपाली चलचित्र बाँसुरी, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दक्षिणा, देउता, दुई थोपा आँसु, तृष्णा, दर्पणछायाँ आदिमा उच्चकोटीको संगीत सुन्न सकिन्छ, जसको सिर्जना संगीतकार रञ्जित गजमेरले गरेका हुन् । शनिबारको उक्त कार्यक्रममा संगीतकार गजमेरले आफ्नो सांगीतिक तथा व्यक्तिगत जीवनका अनेक पाटाका सम्बन्धमा कुराकानी गरे । त्यस क्रममा गजमेरलाई रेडियो कान्तिपुरले रोयल्टी समेत प्रदान गरेको थियो ।

संगीतकार गजमेरको सम्मानमा क्रोमाटिक ब्यान्डका आठ सदस्यीय संगीतकर्मीसहित विभिन्न गायक–गायिकाले उनीद्वारा संगीतबद्ध कर्णप्रिय गीतहरू प्रस्तुत गरे । स्याक्सोफोन वादक अमुल कार्की ढलीले ‘यो कथा हो तृष्णा मेरो...’ प्रस्तुति सँगै प्रारम्भ गरेको उक्त सम्मान कार्यक्रमलाई गायक धर्मेन्द्र सेवानले ‘अब यो बाटो...’ गाउँदै अघि बढाए । त्यसपछि क्रमश: गायिका जुना प्रसाईंले ‘झझल्को लिएर आएछ सावन...’ तथा मेचु धिमालले ‘सपना भई आँखामा आउने...’ गाए । गायिका प्रविशा अधिकारीले ‘किन बढ्दै छ ढुकढुकी मुटुको...,’ गायक राजेश श्रेष्ठले ‘जति निर्मल जति चोखो...’, गायिका टीका प्रसाईं तथा गायक विश्व नेपालीले ‘पहाडको माथि–माथि.. ’ आदि गीत प्रस्तुत गरे । उक्त अवसरमा गायिका सञ्जिता सिंह तथा कञ्चनले पनि गजमेरद्वारा संगीतबद्ध गीत सुनाएका थिए । 

शनिबारको कार्यक्रममा संगीतकार गमजेरलाई सम्मान गर्न वरिष्ठ कलाकार निर शाह पनि उपस्थित थिए । सम्मान कार्यक्रममा कलाकार शाहले संगीतकार गजमेरको सांगीतिक योगदान अतुलनीय रहेको  प्रतिक्रिया दिए । ‘नेपाली चलचित्र उद्योगलाई आफ्नो खुट्टामा उभिएर यो बिन्दुसम्म आउन जुन किसिमको सर्पोर्ट र सिस्टमको आवश्यकता थियो, त्यसमा रञ्जित गजमेरको अतुलनीय योगदान छ, कलाकार शाहको भनाइ थियो– ‘उहाँले यति धेरै गीत–संगीत दिनुभयो हामीलाई, त्यसको बदलामा उहाँले कुनै पारिश्रामिक लिनुभयो ? कहाँ लिनुभयो ? जिन्दगीभर हामीलाई ऋणी बनाउनु भयो, उहाँले जे योगदान गर्नुभयो त्यसको बदलामा उहाँलाई दिने कुनै कुरै थिएन हामीसँग ।  उहाँलाई पनि थाहा थियो यी सबै कुरा चलचित्र उद्योगलाई माथि उठाउन अति आवश्यक छन्, त्यसैले म आफ्नो ह्दयदेखि नै रञ्जित गजमेरलाई सलाम गर्छु, जिउँदो इतिहासका रूपमा ।’  नेपाली मौलिक बाजा मादल बजाउँदै कलिलै उमेरमा बलिउड छिरेका रञ्जित गजमेरले ऊ बेला कान्छा उपनामसमेत पाएका थिए, उनको अतुलनीय योगदान नेपाली संगीतमा मात्र नभएर बलिउड संगीत उद्योगमा छ । 

सम्मान कार्यक्रममा संगीत रोयल्टि संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष तथा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले आ–आफ्ना संस्थामार्फत संगीतकार गजमेरलाई रेडियोको स्टुडियोमै पुगेर सम्मान गरेका थिए । प्रदर्शनको तयारीमा रहेको चलचित्र लिलिबिलीको समुहले पनि गजमेरलाई सम्मान गरेको थियो । 

‘नेपाली संगीतमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गरिएको हो,’ रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डीसी भन्छन्–‘यसलाई थ्यांक्स गिभिङ प्रोग्राम भने पनि हुन्छ ।’ रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोताहरू दिनेश डिसी, भूपेन्द्र खड्का, अम्बिका प्रधान, स्मिता राणा, महेश लिम्बु तथा अलिशा बज्राचार्यले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रमलाई रेडियो कान्तिपुरको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । 

कार्यक्रमको उत्तराद्धमा संगीतकार गजमेरले आफूले अहिलेसम्मकै ठूलो सम्मान पाएको प्रतिक्रिया दिए । ‘यो लेभलको सम्मान पाएको थिइनँ,’ रेडियोबाट प्रत्यक्ष प्रसारित कार्यक्रममा उनले भने– ‘म आभारी छु ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik