साप्ताहिक संवाददाता
चैत्र २७, २०७४
गायक कृष्ण बि भट्टराईको ‘बुढापाकाले’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । यस अघि सार्वजनिक भएको ‘कुल–कुल’ बोलको गीतको सफलतापछि गायक भट्टराईले उक्त गीतको ‘लिरिकल’ भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा संगीतकार शिखर सन्तोषको संगीत तथा सञ्चारकर्मी एवं गीतकार सञ्जय बरालको शब्द रहेको छ । ‘मिलेसम्म मिल्नु भन्छन् बुढापाकाले, अझ के–के देख्नुपर्छ दुईटा आँखाले’बोलको यो गीतले स्रोताको मन जित्ने गायक भट्टराईको विश्वास रहेको छ ।
सत्य कुरा भन्दा झुटो कुरालाई वढी र छिटो विश्वास मान्ने जमाना आएको भन्दै यो गीतले ‘ईमान झुक्छ बैमान टिक्छ’ भनेर बुढापाकाले भन्छन् भन्दै पछिल्लो समय मौलाउँदो बिकृतिमाथि तीखो ब्यंग्य गरेको छ ।