राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा सामेल भएका ३ हजार ४ सय ९९ माध्यमिक विद्यालयबाट बाट उत्कृष्ट विद्यालय छान्नु त्यति सजिलो काम होइन, तैपनि विगत १४ वर्षदेखि साप्ताहिकले गर्दै आएको यो अभ्यासलाई यो वर्ष पनि निरन्तरता दिने प्रयास गरिएको छ । उत्कृष्टताका आधार अनेकन हुन सक्छन् । त्यसमा विद्यालयको परीक्षाफल एउटा प्रमुख आधार हो भने विद्यालयको व्यवस्थापकीय पक्षदेखि अतिरिक्त क्रियाकलापजस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् ।
हामीले यो वर्ष पनि विगतका वर्षमा झैं राष्ट्रिय परीक्षाबोर्डले लिएको परीक्षाको परीक्षाफललाई प्रमुख मापदण्ड बनाएका छौं । १४ वर्षदेखिको यो प्रक्रियामा यसपटक केही परिमार्जन गरिएको छ, तर मुख्य आधार भने राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको शैक्षिक परिणाम नै हो । अघिल्ला वर्षहरूमा कक्षा ११ र १२ को पाँच वर्षको परिणामलाई आधार मानिँदै आएकोमा गत वर्षदेखि कक्षा ११ को परीक्षाफल प्रतिशतको आधार हटाएर ग्रेडिङ प्रणाली लागू भएको हुँदा यस पटक २०७४ को एक वर्षको परीक्षाफललाई मात्र आधार मानिएको छ ।
विगतको जस्तै देशभरका विद्यालयहरूको उत्कृष्टता मापनसँगै नवीनतम प्रयोगका रूपमा देशको पछिल्लो प्रादेशिक संरचनाअनुसार यो वर्ष प्रादेशिक स्तरमा समेत तीन–तीन उत्कृष्ट विद्यालय छानिएको छ । देशभरको उत्कृष्टता मापनमा हामीले कम्तीमा २ सय विद्यार्थीलाई परीक्षामा समावेश गरेका विद्यालयलाई यो प्रक्रियामा समावेश गराएका छौं भने प्रदेशमा कम्तीमा १ सय विद्यार्थीलाई परीक्षामा सामेल गराएका विद्यालयलाई मापदण्डमा राखेका छौं । समग्रमा उत्कृष्ट माविको सूचीमा विगतका वर्षहरूमा स्थान बनाउँदै आएको ललितपुर, मानभवनस्थित प्रसादी एकेडेमीले आफ्नो स्थान सुरक्षित गरेको छ । यो वर्ष उत्कृष्ट १० को दोस्रो स्थानमा काठमाडौंका विद्यालयहरूलाई माथ ख्वाउदँै विराटनगरको मेरील्यान्ड स्कुल भित्रिएको छ । गत वर्ष दोस्रो स्थानमा रहेको सेन्ट जेभियर नवौं स्थानमा पुगेको छ । तेस्रो स्थानमा रहेको रिलायन्सले कमब्याक गरेको छ ।
गत वर्ष सातौं स्थानमा रहेको पोखराको सगरमाथा स्कुल चौथो स्थानमा उक्लन सफल भएको छ भने चौथो स्थानमा रहेको काठमाडौं मोडल स्कुल पाँचौं स्थानमा छ । छैटांैमा हिमालयन ह्वाइटहाउसको प्रवेश भएको छ । गत वर्ष छैटांै स्थानमा रहेको सैनिक महाविद्यालय सल्लाघारी उत्कृष्ट १० बाट बाहिरिएको छ । गत वर्ष सातौं स्थानमा रहेको सगरमाथा उच्च मा.वि. चौथो स्थानमा उक्लिएसँगै त्यो स्थान कब्जा गर्न हिमालयन इन्टरनेसनल मोडल स्कुल आइपुगेको छ भने पाँचौं स्थानमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट अहिले आठांै स्थानमा झरेको छ । गत वर्ष दोस्रो स्थानमा रहेको सेन्ट जेभियर स्कुल यो वर्ष नवौं स्थानमा छ भने दसौं स्थान पोखराको मदरल्यान्डले पक्का गरेको छ ।
प्रदेश नम्बर–३
संकाय
विज्ञान/व्यवस्थापन
नेपाल प्रहरी विद्यालय
प्रहरी कर्मचारीका साथै सर्वसाधारण नागरिकका सन्तानलाई मुलुकभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्येयका साथ नेपाल प्रहरी विद्यालयको स्थापना वि.सं. २०४० मा भएको हो । बदलिँदो परिस्थितिअनुसार फरक शैलीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने मार्गमा विद्यालय सक्रिय रहेको प्रिन्सिपल नवीन श्रेष्ठ बताउँछन् । व्यक्तिमा अन्तर्निहित क्षमता र प्रतिभालाई उजागर गराउने थलोका रूपमा प्रहरी विद्यालयलाई विकसित गराउँदै लगिएको प्रिन्सिपल श्रेष्ठको दाबी छ ।
विज्ञान
सिट संख्या : १ सय ५० (यो वर्षदेखि ५० सिट थप)
भर्ना शुल्क : खुलातर्फ— ४ हजार रुपैयाँ, प्रहरी परिवारतर्फ— २ हजार रुपैयाँ
मासिक शुल्क : खुलातर्फ— ६ हजार रुपैयाँ, प्रहरी परिवारतर्फ— ३ हजार रुपैयाँ
व्यवस्थापन
१ सय (यो वर्षदेखि ५० सिट थप)
खुलातर्फ— ४ हजार रुपैयाँ, प्रहरी परिवारतर्फ— २ हजार रुपैयाँ
खुलातर्फ— ३ हजार रुपैयाँ, प्रहरी परिवारतर्फ—
२ हजार रुपैयाँ
आवास तथा खानाको छुट्टै खर्च लाग्ने ।
विद्यार्थी तथा अभिभावकहरूको भरोसाभरतपुर महानगरपालिका–१० मा स्थित अरोमा इंग्लिस सेकेन्डरी स्कुलमा ०६६ सालदेखि कक्षा ११ को अध्ययन–अध्यापन हुन थालेको हो । प्रिन्सिपल शेरबहादुर क्षेत्री दक्ष शिक्षक नै आफ्नो विद्यालयको नतिजाको प्रमुख आधार भएको बताउँछन् । शिक्षकले पढाउनुका साथै विद्यार्थीले नबुझेको कुरा समय लिएर सम्झाउने–बुझाउने गरेका कारण विद्यार्थीले परीक्षामा राम्रो नतिजा ल्याउने प्रिन्सिपल क्षेत्रीले बताए । व्यवस्थापन तर्फ होटल म्यानेजमेन्ट पनि पढाईन्छ ।
विज्ञान
सिट संख्या : ४ सय
भर्ना शुल्क : २९ हजार रुपैयाँ
मासिक शुल्क : ३ हजार ३ सय रुपैयाँ
व्यवस्थापन
सिट संख्या ३ सय ५०
१५–२८ हजार रुपैयाँ
२१– ३३ सय रुपैयाँ
( उत्कृष्ट १० भित्र पर्ने अधिकांश विद्यालय उपत्यका भित्र परेको हुँदा प्रदेश नम्बर तीन बाट छानिएका विद्यालयहरु उपत्यका बाहिरका विद्यालयलाई मात्र समावेश गरिएको छ । )
प्रदेश नम्बर–१
संकाय
व्यवस्थापन
सबैको चाहना मेरिल्यान्ड
विराटनगर– ७, रङ्गेली रोडस्थित मेरिल्यान्ड स्कुल २०६९ सालमा स्थापना भएको हो । व्यवस्थापन संकायमात्र पठन–पाठन हुने यो स्कुलमा स्थापनाकालमा प्लस टुको कक्षा सञ्चालन गरिएको थियो । २०६६ सालदेखि बीबीएसको पठनपाठन प्रारम्भ गरिएको कलेज प्रमुख लक्ष्मण ढकालले जानकारी दिए । प्लस टुमा १ हजार ३ सय ३ जना विद्यार्थी अध्ययरत यो विद्यालयमा बीबीएसमा ४ सय ४१ जना गरी १ हजार ७ सय ४४ जना विद्यार्थी अध्ययनरत छन् । स्थापना कालदेखि नै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज सफल भएको कलेज प्रमुख ढकालको दाबी छ ।
व्यवस्थापन
सिट संख्या : ६ सय
भर्ना शुल्क : १ हजार रुपैयाँ
मासिक शुल्क : ३ हजार रुपैयाँ
धरौटी शुल्क : ५ सय रुपैयाँ
अन्य शुल्क : ११ हजार ४ सय रुपैयाँ
संकाय
विज्ञान/व्यवस्थापन
मन जित्न सफल एभरेस्ट
स्थापनाको छोटो समयमै फ्डको मार्न सफल भएको छ— विराटनगरस्थित एभरेस्ट सेकेन्डरी स्कुल प्लस टु साइन्स एन्ड म्यानेजमेन्ट । सञ्चालनमा आएको २२ वर्षपछि यो स्कुलले साइन्स तथा म्यानेजमेन्ट विषयको समेत पठनपाठन गराउँदै आएको छ । २०७२ सालमा स्थापना भएको यो स्कुलले छोटो समयमै विद्यार्थी तथा अभिभावहरूको मन जितेको छ । विराटनगर–६ शान्तिचौकमा साढे ३ बिघा क्षेत्रफलमा ३५ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागि परेको स्कुलका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए ।
विज्ञान
सिट संख्या : ३ सय
भर्ना शुल्क : २ हजार ९ सय रुपैयाँ
मासिक शुल्क :४ हजार ३ सय रुपैयाँ
धरौटी शुल्क : ५ हजार रुपैयाँ
अन्य शुल्क : ३५ हजार रुपैयाँ
व्यवस्थापन
सिट संख्या : १ सय ८०
१ हजार ४ सय ५० रुपैयाँ
२ हजार २ सय रुपैयाँ
३ हजार रुपैयाँ
२० हजार ९ सय रुपैयाँ
संकाय
विज्ञान/व्यवस्थापन
अब्बल विष्णु मेमोरियल
धरान उपमहानरपालिका–०९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुल गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीहरूको मन जित्न सफल छ । बोर्डिङ स्कुल स्थापना भएको ११ वर्षपछि विज्ञान तथा व्यवस्थान संकायमा प्लस टु सञ्चालन गरेको यो स्कुलमा दक्ष एवं योग्य शिक्षकहरूबाट पठन–पाठन हुँदै आएको छ । स्कुलले प्रत्येक वर्ष उत्कृष्ट नतिजा निकाल्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल बेनिन्द्र कटुवालले बताए । १२ कट्ठा क्षेत्रफलमा सुविधासम्पन्न भवनसहितको खेल मैदान छ । साइन्सका विद्यार्थीका लागि अत्याधुनिक प्रयोगशाला स्थापना गरिएको स्कुलका प्रिन्सिपल कटुवालले बताए ।
विज्ञान
सिट संख्या : ९०
भर्ना शुल्क : ३२ हजार रुपैयाँ
मासिक शुल्क : ३ हजार ४ सय रुपैयाँ
व्यवस्थापन
सिट संख्या : ९०
२६ हजार रुपैयाँ
३ हजार रुपैयाँ
प्रदेश नम्बर–२
संकाय
विज्ञान
स्मार्ट नेसनल इन्फोटेक
२०५८ सालमा स्थापित नेसनल इन्फोटेक कलेज, वीरगन्जले २०६३/०६४ देखि कक्षा ११ र १२ को पठन–पाठन सुरु गरेको हो । त्यसयताको १ दशकभित्रै यो स्कुल २ नम्बर प्रदेशकै अग्रणी स्कुल बन्न पुगेको छ । इन्फर्मेसन एन्ड टेक्नोलोजी आधारित कक्षा सञ्चालन हुने यो स्कुलका सबै कक्षामा प्रोजेक्टर तथा इलेक्ट्रोनिक ह्वाइट बोर्डमा पठन–पाठन हुन्छ ।
स्कुलका प्रिन्सिपल/निर्देशक मनिष सिंह नेपालको सन्दर्भ सुहाउँदो कोर्स आफूहरूले पढाइरहेको बताउँछन् । स्कुलमा सञ्चालन गरिने कोचिङ कक्षालाई विद्यार्थीको मानसिक क्षमताअनुसार विभाजित गरिएको बताइन्छ । स्कुलमा केमेस्ट्री, फिजिक्स तथा बायोलोजीका छुट्टा–छुट्टै ल्याब छन् । स्कुलको महत्वपूर्ण पक्ष यसको शुल्क पनि हो । कक्षा ११ र १२ मा वार्षिक ७०/७० हजार रुपैयाँ तिरिसकेपछि पुस्तक, कोचिङ, रजिस्ट्ेरसन, मासिक शुल्क, परीक्षा शुल्कका लागि अन्य रकम तिर्नु पर्दैन ।
विज्ञान
सिट संख्या : ३ सय ५०
वार्षिक शुल्क : ७० हजार रुपैयाँ
संकाय
विज्ञानउत्कृष्ट डिएभी रुक्मिनी
डिएभी सुशील केडिया विश्व भारती ट्रस्टको मातहतमा सन् १९९३ देखि एलकेजीदेखि कक्षा ६ सम्मको पठन–पाठन सुरु गरेको यो स्कुलमा हाल कक्षा १२ सम्म अध्ययन–अध्यापन हुन्छ । सन् २००३ देखि माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रमअनुसार कक्षा ११ र १२ को पठन–पाठन सुरु गरिएको हो । हालसम्म स्कुलबाट १ हजार ८ सय विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेर बाहिरिएका छन् । स्कुलमा स्तरीय पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइएको प्रिन्सिपल परेश चटर्जी बताउँछन् । भारतको सिबिएसइ बोर्डको पाठ्यक्रम पढाइने भएकाले यहाँ पढ्ने विद्यार्थीहरूले भारतका मेडिकल तथा इन्जिनियरिङ स्कुलहरूमा सजिलै भर्ना पाउने गरेको चटर्जीले बताए ।
विज्ञान
सिट संख्या : २ सय
मासिक शुल्क : २ हजार ८ सय रुपैयाँ
धरौटी शुल्क : २ हजार रुपैयाँ
संकाय
विज्ञान/व्यवस्थापन/शिक्षा
गुणस्तरीय शिक्षाका लागि
मोडल मल्टिपल
जनकपुरधाम—४ स्थित मोडल मल्टिपल कलेजले गुणस्तरीय शिक्षालाई आफ्नो ‘मोटो’ बनाएको छ । २०५५ सालमा २ सय ५० जना विद्यार्थीलाई लिएर स्थापना भएको यो कलेजमा हाल ३ हजार विद्यार्थी छन् । यो कलेजको साढे चार कट्ठा जग्गामा निर्मित आफ्नै पाँच तल्ले भवन छ, जसमा विज्ञान, व्यवस्थापन, शिक्षा तथा प्राविधिक विषय अध्यापन हुन्छ । बितेका २० वर्षमा यो कलेजले ७ सयभन्दा बढी डाक्टर, इन्जिनियर तथा बैंकरहरू उत्पादन गरेको कलेजका प्रदीपकुमार कर्ण बताउँछन् ।
विज्ञान/व्यवस्थापन/शिक्षा
वार्षिक शुल्क : ३० हजार रुपैयाँ
अन्य शुल्क : १ हजार ५ सय रुपैयाँ
प्रदेश नम्बर–४
संकाय
विज्ञान
पोखराको सान गण्डकी
नेपालमै विज्ञान संकायतर्फ कक्षा ११ अध्ययन गराउने पहिलो स्कुल हो— पोखराको गण्डकी बोर्डिङ स्कुल । पोखरा लेखनाथ महानगरपालिका—१६ मा २ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको यो स्कुलमा सन् १९९२ देखि विज्ञान संकायमा प्लस टुको अध्ययन–अध्यापन सुरु भएको हो । अहिले पनि यो स्कुलमा ११ र १२ कक्षामा विज्ञान संकाय मात्र पढाइ हुन्छ । यो स्कुलमा ७० प्रतिशत विद्यार्थी बोर्डस बस्नुपर्ने नियम छ । ३० प्रतिशतले मात्र दिवा सिटमा भर्ना हुन पाउँछन् । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीले एसइईमा न्यूनतम ३ दशमलव २ जिपिए ल्याएको हुनुपर्छ । स्मार्ट क्लास रुम र डिजिटल अध्यापन विधिको प्रयोगले विद्यार्थीको अध्ययनमा सहजता प्रदान गरेको स्कुल व्यवस्थापनले जनाएको छ । यहाँ अध्यापनरत अनुभवी शिक्षकको सहजीकरणले विद्यार्थीलाई लक्ष्यसम्म पुग्ने मद्दत गर्ने प्राचार्य रविप्रसाद बरालले बताए ।
विज्ञान
सिट संख्या : १ सय ८
भर्ना शुल्क : १८ हजार रुपैयाँ
मासिक शुल्क : ३ हजार ३ सय रुपैयाँ
धरौटी शुल्क : ७ हजार रुपैयाँ
संकाय
विज्ञान/व्यवस्थापन
सैनिक महाविद्यालयको रवाफ
पोखरा लेखनाथ महानगरपालिका—११ मा अवस्थित सैनिक आवासीय महाविद्यालयले वि.सं. २०६९ देखि व्यवस्थापन संकाय एवं २०७२ सालदेखि विज्ञान संकायमा कक्षा ११ को अध्यापन सुरुवात गरेको हो । विद्यालयमा ६० प्रतिशत सिट सैनिकका छोराछोरीका लागि छुट्याइन्छ भने बाँकी ४० प्रतिशत गैरसैनिकका छोराछोरीका लागि । यसमा ३३ प्रतिशत छात्रा हुनुपर्ने अनिवार्यता रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक डोलराज श्रेष्ठले बताए ।
यहाँ सूचना–प्रविधिको प्रयोगमा जोड दिँदै अध्यापन गराइन्छ । विज्ञान संकायमा भर्ना हुन सैनिकका छोराछोरीको हकमा न्यूनतम ग्रेड बी, २ दशमलव ८ जीपीए तथा गैरसैनिकका छोराछोरीको हकमा ग्रेड बी प्लस, ३ दशमलव २ जीपीए आएको हुनुपर्छ । व्यवस्थापन संकायतर्फ सैनिकका छोराछोरीको हकमा न्यूनतम ग्रेड सी प्लस, २ दशमलव ४ जीपीए तथा गैरसैनिकका छोराछोरीको हकमा ग्रेड बी, २ दशमलव ८ जीपीए आएको हुनुपर्छ ।
विज्ञान
सिट संख्या : ८०
भर्ना शुल्क : ६ हजार रुपैयाँ
मासिक शुल्क : २ हजार ६३ रुपैयाँ
(गै.सै.का लागि)
धरौटी शुल्क : १० हजार रुपैयाँ
(गै.सै.का लागि)
व्यवस्थापन
सिट संख्या : ८०
६ हजार रुपैयाँ
१ हजार ९ सय ८० रुपैयाँ
(गै.सै.का लागि)
१० हजार रुपैयाँ (गै.सै.का लागि)
(सैनिकका सन्तानका लागि केही छुटको व्यवस्था छ भने होस्टेल शुल्क यसमा जोडिएको छैन)
संकाय
विज्ञान/व्यवस्थापन
क्षमता बढाउने सगरमाथा
पोखरा लेखनाथ महानगरपालिका—९, नयाँबजारस्थित सगरमाथा माध्यमिक विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा पढाइ हुन्छ । सन् २००० मा विज्ञान संकायको अध्यापन सुरु भएको थियो भने व्यस्थापन संकायको अध्यापन सन् २००२ देखि सुरु भएको हो । यो विद्यालयको विज्ञान संकायमा भर्ना हुन एसईईमा कम्तीमा ३ दशमलव २ जीपीए आएको हुनुपर्छ । व्यवस्थापन संकायको हकमा २ दशमलव ८ जीपीए आउनुपर्छ । विज्ञान संकायमा दिवा समय तथा व्यवस्थापन संकायमा बिहानी तथा दिवा कक्षा सञ्चालन हुन्छ ।
यो विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सामेल गराई उनीहरूको क्षमता विकास गराउने कार्य हुन्छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालयको संरचना थप्ने तथा सम्बन्धन प्राप्त गरे स्नातक तहको पठन–पाठनसमेत गराउने तयारी भैरहेको प्रिन्सिपल धनबहादुर थापाले बताए ।
विज्ञान
सिट संख्या : १ सय २६
भर्ना शुल्क : ८ हजार ५ सय रुपैयाँ
मासिक शुल्क : ३ हजार ९ सय
७५ रुपैयाँ
धरौटी शुल्क : १ हजार रुपैयाँ
व्यवस्थापन
२ सय १०
८ हजार ५ सय रुपैयाँ
३ हजार ४ सय ७५ रुपैयाँ
५ सय रुपैयाँ
-राजाराम पौडेल
प्रदेश नम्बर–५
संकाय
विज्ञान/व्यवस्थापन
दीप बोर्डिङको सफलता
०३७ सालमा स्थापना भएको दीप बोर्डिङ सेकेण्डरी स्कुल रुपन्देही जिल्लाकै पुरानो मध्येको एक विद्यालय हो । यो विद्यालयले लामो समयसम्म उल्लेख्य नतिजा ल्याउन सकेको थिएन । २०६१ सालमा विद्यालय मिलनचोकबाट सुख्खानगरमा सुविधासम्पन्न ५ तले भवनमा स्थानान्तरण भयो । सोही वर्षको एसएलसीमा छात्र प्रशान्त उमरले नेपाल तेस्रो स्थान हासिल गरेपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण तथा विश्वासमा थप वृद्धि हुँदै गयो ।
यो विद्यालयले खेलकुद, साहित्य र अन्य अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिइरहेको छ । २०७२ सालमा विद्यालयले प्लस टुतर्फ विज्ञान र व्यवस्थापन पहिलो ब्याचकै विद्यार्थीले राष्ट्रियस्तरमै उत्कृष्ट नतिजा ल्याएको प्लस टु संयोजक वसन्तकुमार जोशी बताउँछन् ।
कक्षा ११ र १२ मा पनि माध्यमिक तहमा जस्तै अनुशासनमा कडाइ, हरेक महिना मासिक परीक्षा, प्रयोगात्मक पढाइमा जोड, अभिभावकसँग नियमित सम्पर्क र परामर्श, कमजोर र उत्कृष्ट दुवै थरी विद्यार्थीलाई अतिरिक्त कक्षा आदि कारणले नतिजा उत्कृष्ट आउने गरेको संयोजक जोशी बताउँछन् । ‘हामी स्कुल तहकै प्याटर्नमा पढाउँछौं, अनुशासनलाई पहिलो प्राथमिकता दिएका छौं, मोबाइल प्रतिबन्ध गरेका छौं र हरेक विद्यार्थीलाई हरेक पिरियडमा निगरानी गरेर पढाउँछौं’– संयोजक जोशी भन्छन् ।
विज्ञान | व्यवस्थापन |
सिट संख्या : १ सय ८० भर्ना शुल्क : ३ हजार रुपैयाँ मासिक शुल्क : ३ हजार ५ सय रुपैयाँँ अन्य शुल्क : १० हजार रुपैयाँँ | १ सय २० ३ हजार रुपैयाँ २ हजार ५ सय रुपैयाँ |
- टोपराज शर्मा
संकाय
विज्ञान
ख्याति कमाएको
तुलसी बोर्डिङ स्कुल
२०४४ सालमा प्रावि तहमा तुलसीपुरमा स्थापित तुलसी बोर्डिङ स्कुलले २०६४ सालदेखि ११ र १२ कक्षा सञ्चालनमा ल्याएको हो । गुणस्तरीय शिक्षामा राम्रो ख्याति कमाएको तुलसीले विज्ञान संकायमा मात्र ११ र १२ कक्षा सञ्चालन गर्दै आएको छ । दुई बिघामा फैलिएको यो विद्यालयमा ८० कोठाका सातवटा भवन छन् । शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकको उचित मार्गदर्शनले उत्कृष्ट नतिजा आइरहेको विद्यालयका प्रिन्सिपल भीष्म केसीले बताए । ‘विद्यार्थीहरूले लगनशीलता साथ पढ्नुपर्छ । आफ्नो लक्ष्यअनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘विद्यालय सञ्चालकको नेतृत्व सही हुनुपर्छ भने शिक्षकहरूको मेहनत पनि त्यत्तीकै जरुरी छ ।’
तुलसीमा विज्ञान संकाय मात्र भएकाले मेहनती विद्यार्थीहरू नै यहाँ अध्ययन गर्न आउने केसी बताउँछन् । केसी अनुशासनमा बढी जोड दिन्छन् । विद्यालयमा कडाइका साथ आचारसंहिता पालना गराइन्छ । त्यसकारण तुलसी विद्यार्थीका लागि कडा नियममा बस्नुपर्ने विद्यालयका रूपमा परिचित छ । तल्लो तहमा पनि विद्यार्थीहरूको चाप छ । विद्यालयमा जम्मा २ हजारभन्दा बढी विद्यार्थी रहेको प्रिन्सिपल केसीले बताए ।
विज्ञान सिट संख्या : २ सय भर्ना शुल्क : ५ हजार रुपैयाँ मासिक शुल्क : २ हजार ७ सय रुपैयाँ |
- दुर्गालाल केसी
संकाय
विज्ञान/व्यवस्थापन
सबैको रोजाइमा
गोरखा युनाइटेड
गोरखा युनाइटेड बाँकेको एकमात्र ‘क’ वर्गको संस्थागत विद्यालय हो । यहाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य छ । यो विद्यालय भौतिक पूर्वाधारले सम्पन्न छ । पठन–पाठनका दृष्टिले उत्कृष्ट यो विद्यालयको व्यवस्थापन चुस्त छ भने खेल, नृत्य, गीत संगीत आदि अतिरिक्त क्रियाकलपमा पनि अब्बल छ । २०५७ मा बाँकेको कोहलपुरमा स्थापित उक्त विद्यालयमा विद्यार्थी भर्नाको भीड लाग्छ । यद्यपि विद्यालय प्रशासन भने आफ्नो शैक्षिक साख जोगाउन विद्यार्थी भर्नाकै क्रममा सचेत रहँदै आएको छ । बाँकेका अभिभावकहरूको सपना गोरखा युनाइटेडमा पढाउने हुन्छ, तर सबैको सपना भने पूरा हुँदैन । ११ र १२ कक्षामा ४० विद्यार्थी मात्र भर्ना गरिन्छ । एउटा कक्षामा ए, बी र सी गरी तीन सेसनमा पढाइ हुने गरेको छ ।
विज्ञान | व्यवस्थापन |
भर्ना शुल्क : ४ हजार रुपैयाँ मासिक शुल्क : ३ हजार रुपैयाँँ धरौटी शुल्क : ४ हजार रुपैयाँँ सिट संख्या : १०६ | ४ हजार रुपैयाँ २ हजार ५ सय रुपैयाँ ४ हजार रुपैयाँँ सिट संख्या : १०६ |
- ठाकुरसिंह थारु
प्रदेश नम्बर–३
संकाय
विज्ञान/व्यवस्थापन
चितवनको सान स्काई राइडर
पूर्वी चितवनको रत्ननगरस्थित स्काइ राइडर इंग्लिस बोर्डिङ स्कुल राम्रा विद्यार्थीका कारण अब्बल नतिजा ल्याउन सफल रहँदै आएको छ । कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन अध्यापन हुने स्काइ राइडरको स्थापना वि.सं. २०४२ मा भएको हो । यहाँ ०६९ सालदेखि कक्षा ११ को अध्यापन हुन थालेको हो, यो स्कुल ०७० र ०७१ सालमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ बोर्ड टपमा परेको थियो । स्कुलमा प्राथमिक कक्षादेखि नै राम्रो पढाइ हुने भएकाले कक्षा ११ र १२ मा राम्रो नतिजा आएको विद्यालयका प्राचार्य मदन पुरी बताउँछन् ।
विज्ञान | व्यवस्थापन |
सिट संख्या : १ सय ३५ भर्ना शुल्क : २५ हजार रुपैयाँ मासिक शुल्क : ३ हजार २ सय ५० रुपैयाँ | १ सय ९९ १५ हजार रुपैयाँँ २ हजार ५ सय रुपैयाँ आवास र खानाको छुट्टै खर्च लाग्ने । |
- रमेश पौडेल
प्रदेश नम्बर–६
संकाय
विज्ञान/व्यवस्थापन/मानविकी/शिक्षा
शीतल सेकेन्डरी स्कुल
मध्यपश्चिमको रुकुमको चौरजहारी नगरपालिका–२ स्थित शीतल माध्यमिक विद्यालयले प्लस टु अध्यापन गराउन थालेको २६ वर्ष पूरा भयो । २०३४ मा स्थापना भएको यो विद्यालयले २०४९ सालदेखि प्लस टु अध्यापन गराउन थालेको थियो । यो जिल्लाको पहिलो प्लस टु हो । शीतल माविमा शिक्षा संकायकै विद्यार्थी बढी हुन्छन् । अन्य विषयभन्दा पठन पाठनमा सजिलो हुने र विद्यार्थीलाई पनि गुणस्तरीय लाग्ने हुनाले धेरैको रोजाइ शिक्षा संकाय नै पर्ने गरेको छ । यद्यपि पछिल्लो समय थपिएको विज्ञान, मानविकी तथा व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यो विद्यालयमा कम शुल्कमै स्तरीय पठन–पाठन हुन्छ ।
विज्ञान/व्यवस्थापन/मानविकी/शिक्षा
भर्ना शुल्क : ३ हजार रुपैयाँ
मासिक शुल्क : ५ सय रुपैयाँ, शिक्षा, व्यवस्थापन तथा मानविकी— ३ सय ५० रुपैयाँ
वार्षिक शुल्क : १ सय ५० रुपैयाँ
- हरि गौतम
संकाय
शिक्षा
शिक्षामा वीरेन्द्र ऐश्वर्यको उडान
प्रदेश नम्बर ६ को जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि, सदरमुकाम खलंगाबाट ६० किलोमिटर टाढा छ । नजिकको सडक सञ्जालबाट ३० किलोमिटर टाढा पर्ने यो विद्यालयले २०६५ सालदेखि कक्षा ११ र १२ को अध्ययन–अध्यापन प्रारम्भ गरेको हो ।
१९ जना शिक्षक कर्मचारी कार्यरत वीरेन्द्र ऐश्वर्य माविमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ । कक्षा ११/१२ मा शिक्षा संकायको मात्र पढाइ हुने गरेको छ । अहिले माविमा ११ र १२ कक्षाको विद्यार्थी संख्या ७ सय ८ जना भए पनि नियमित विद्यालयमा आउने विद्यार्थीको संख्या करिब २ सय मात्र छ । कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थी रोजगारीको सिलसिलामा भारत तथा खाडी मुलुक पुग्ने गरेका छन् । यति हुँदाहुँदै पनि यो माविको नतिजा भने यो क्षेत्रका अन्य माविको तुलनामा राम्रो छ ।
शिक्षा
भर्ना शुल्क : १ हजार रुपैयाँ
मासिक शुल्क : २ सय ५० रुपैयाँ
भीमबहादुर सिंह
प्रदेश नम्बर–७
संकाय
विज्ञान/व्यवस्थापन
सुदूरको नमुना नाष्ट
२०५७ सालमा धनगढीमा स्थापित नेसनल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी छोटो अवधिमै नमुना विद्यालय बन्न सफल भएको हो । यो स्कुलमा २०५८ देखि विज्ञान तथा व्यवस्थापनको अध्ययन–अध्यापन हुन थालेको हो जहाँ १ हजार विद्यार्थी अध्ययनरत छन् ।
गत वर्ष गरिएको एक सर्भेले यो विद्यालयलाई देशका ३० उत्कृष्ट विद्यालयमध्ये एक छनौट गरेको थियो । कक्षा ११ र १२ मा पनि पछिल्ला ६ वर्षदेखि लगातार यो विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको प्राचार्य शिवहरी मुडभरीले बताए । प्रदेश नम्बर ७ का उत्कृष्टमध्ये एक यो विद्यालयमा ६७ जना विज्ञ शिक्षक छन् ।
विज्ञान | व्यवस्थापन |
सिट संख्या : ३ सय भर्ना शुल्क : ५ हजार रुपैयाँ मासिक शुल्क : २ हजार ३ सय ५० रुपैयाँँ धरौटी शुल्क : १ हजार ५ सय रुपैयाँ अन्य शुल्क : ७ हजार ५ सय रुपैयाँ | ३ सय ४ हजार रुपैयाँ १ हजार ६ सय रुपैयाँ १ हजार रुपैयाँ ४ हजार रुपैयाँ |
- डीआर पन्त
संकाय
विज्ञान/व्यवस्थापन
विज्ञानका लागि उत्कृष्ट रेडियन्ट
कञ्चनपुरमा सञ्चालित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूले मिलेर स्थापना गरेको रेडियन्ट स्कुल अहिले विज्ञान विषयका लागि यस क्षेत्रकै अग्रणी शैक्षिक संस्था भएको छ । यो स्कुल अहिले विज्ञान विषय अध्यापनका लागि प्रदेश ७ कै उत्कृष्ट मानिन्छ ।
स्थापनाकालदेखि नै रेडियन्टप्रति अभिभावक तथा विद्यार्थीहरूको आकर्षण देखिन्छ । हरेक वर्ष स्कुलमा मात्रै ५/६ सयभन्दा बढी विद्यार्थी भर्ना हुने विद्यालयका प्रिन्सिपल प्राध्यापक डा. चूडामणि जोशी बताउँछन् । यो विद्यालयमा प्रदेश नम्बर ७ का ९ वटै जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । अहिले यो विद्यालयमा ४२ जना प्राध्यापकसहितका शिक्षकहरू अध्यापनरत छन् भने गत वर्ष विज्ञानमा ३ सय ३० तथा व्यवस्थापनमा ४० जना विद्यार्थी भर्ना भएका थिए ।
विज्ञान
सिट संख्या : ४ सय वार्षिक शुल्क (भर्नासहित) ४० हजार रुपैयाँ व्यवस्थापन २ सय १८ हजार रुपैयाँ |
-भवानी भट्ट
संकाय
विज्ञान/व्यवस्थापन/शिक्षा
उत्कृष्ट सामुदायिक विद्यालय
२०१६ सालमा स्थापना भएको सेटीगाउँ माध्यमिक विद्यालय बैतडी जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । बैतडी र दार्चुला जिल्लाका ग्रामीण भेगका स्थानीय विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयले प्रारम्भदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कुशल व्यवस्थापन एवं सिकाइ विकासमा केन्द्रित यो विद्यालय लामो समयदेखि चर्चामा छ । तालिम प्राप्त शिक्षकहरूबाट सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षण हुने हुँदा सेटी गाउँ मावि जिल्लामा तीन पटक तथा छात्रातर्फ प्रदेश नम्बर ७ मै अग्रणी रहेको प्रधानाध्यापक परमानन्द जोशी बताउँछन् ।
पहाडका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्ने समस्या व्याप्त रहे पनि शैक्षिक गुणस्तरमा सन्तोषजनक सुधारसँगै यो विद्यालयप्रति विद्यार्थी एवं अभिभावकको आकर्षण बढ्दै गएको छ । अहिले यो विद्यालयमा एक हजार जति विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले प्लस टुतर्फ विज्ञान र व्यवस्थापन विषयको कक्षा सञ्चालन सुरु गरेदेखि नै विद्यार्थी संख्या बढ्दै गएको हो । सस्तो शुल्कमा राम्रो नतिजा विद्यालयको मुख्य विशेषता हो । विद्यालयको व्यवस्थापकिय पक्ष राम्रो, नियमित विद्यालय सञ्चालन एवं तालिम प्राप्त शिक्षकहरूबाट अध्यापन गराइने हुँदा यो विद्यालयको नतिजा राम्रो छ । कमजोर र उत्कृष्ट दुवै थरि विद्यार्थीलाई अतिरिक्त कक्षा पढाइने हुँदा राम्रो नतिजा आइरहेको प्रधानाध्यापक जोशी बताउँछन् । यो विद्यालयमा केमेस्ट्री, फिजिक्स, बायोलोजी तथा कम्प्युटरको छुट्टाछुट्टै ल्याबको व्यवस्था छ ।
विज्ञान/व्यवस्थापन/शिक्षा
भर्ना शुल्क : ८ हजार रुपैयाँ
मासिक शुल्क : विज्ञान– ६ सय रुपैयाँ, व्यवस्थाप– ३ सय रुपैयाँ र शिक्षा– १ सय ५० रुपैयाँ
व्यवस्थापन
१ सय २०
३ हजार रुपैयाँ
२ हजार ५ सय रुपैयाँ