साप्ताहिक संवाददाता
टेक्ससको ड्यालस रन्काएको नेपथ्यले अमेरिकाको सहर बोष्टनमा प्रवासी नेपालीलाई आफुसंगै नचायो । बोष्टनको मध्य भागमा रहेको रोयाल बोस्टन हलमा गायक अमृत गुरुङले लेग्रो तानेर गाउदै र नाच्दै दर्शकलाई उफारिरहे । निर्धारित समयमा सुरु भएको कार्यक्रममा कन्सर्ट हल भरिभराउ देखिन्थयो । दर्शकको उत्साहजनक उपस्थिति देखेर हौसिएका अमृतले एक पछि अर्को गदै आफना हिट नम्बरहरु दिइरहे ।
बोष्टन तमु समाजले जात्रा नेपाल संग सहकार्य गरि गरेको कार्यक्रममा उनको गीत सुन्न आसपासका राज्यहरुबाट समेत नेपालीहरु सहभागी हुन आईपुगेको आयोजकले बताए । उनले नया गीत तिमी पनि नेपाली, म पनि नेपाली बोलको नेपालीपन झल्काउने गीत सुनाए । दर्शकको मागलाई ध्यानमा राख्दै उनले छेक्यो छेक्यो, जोमसोमै बजारैमा, भेडाको ऊन जस्तो चरी मर्यो सिसैको गोलीले,, रेसम, तालको पानी आदी गीत गाउँदा कन्र्सट हल पुरै उचालिएको थियो ।
उनले गीत संगै गाउँबस्ती तथा भिरपाखाको कुरा पनि सुनाउदै परदेशी मनहरुलाई स्वदेशको सम्झना गराए । उनले राष्ट्रप्रेम झल्कने गीतहरु गाउदै कन्र्सटको बिट मारेका थिए ।
खचाखच दर्शक माझ भएको कन्र्सटमा हरेक गीतमा दर्शकको ‘वान्स मोर’ पाएको थियो । कार्यक्रममा तन्नेरी देखि पाका दर्शक नेपथ्यको कन्र्सट सुन्न सशुल्क कन्सर्ट हलमा ओइरिएका थिए । नेपथ्यले यस अघि पहिलो पटक अमेरिकाको दुई सहर एरिजोनाको फिनिक्स तथा राजधानी वासीङटन डिसीमा कन्र्सट गरेको थियो । त्यसपछि लगात्तार तीन पटक अमेरिकाका महत्वपर्ण सहरमा कन्र्सट गरिसकेको छ । टेक्सस र बोष्टनको कन्र्सट संगै अमेरिकाका सबै कन्र्सट सकेर ब्यान्ड स्वदेश फिर्ता भएको छ ।