साप्ताहिक संवाददाता
संगीतकार सन्तोष श्रेष्ठको २५ औँ एल्बम सार्वजनिक भएको छ । उनको एकल संगीत रहेको एल्वम ‘फुलझैं जीवन’ गतसाता राजधानीमा सार्वजनिक गरिएको हो । यो गीतकार प्रेमप्रसाद राज भण्डारीको भने पहिलो एल्बम हो ।
वरिष्ठ गायक प्रेमध्वज प्रधानले सार्वजनिक गरेको एल्बममा जम्मा ६ वटा गीत समावेश गरिएको छ । संग्रहित ६ गीतमा गायक भविन ढुंगाना, रामकृष्ण ढकाल, मेलिना राई, कृष्णभक्त राई, मनोज राज र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
एल्बम विमोचन समारोहमा संगीतकार श्रेष्ठले संगीतले सिगार्ने प्रयास गरेको र स्रोता/दर्शकले रुचाउने विश्वास गरे । एल्बममाथि समिक्षा गर्दै प्राध्यापक नेत्र एटमले शब्द, स्वर र संगीतले गीतमा विविधता भरेको भन्दै दर्शकले मन पराउने जिकिर गरे ।
वरिष्ठ गायक प्रेमध्वज प्रधानले एल्बमका गीतहरुमा नेपाली मौलिकता पाएको बताए । ‘हाम्रै पालाको जस्तो लाग्यो । लय र शब्दमा नेपाली मौलिकता झल्केको छ । मान्छेले रुचाउँछन्’ प्रधानले भने ।
गीतकार प्रेमप्रसाद राज भण्डारीले विदेशमा रहादा आफ्ना अनुभवलाई काम गर्दा बचेको समयमा कागजमा उतारेको र संगीतकारसँग परामर्श गीत बनेको सुनाए ।