१२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रोमा राख्दा पनि किन नसोझिएको होला ?
मैले जवाफ दिनुपर्छ र ? यो त सबैलाई थाहा भएकै कुरा हो नि ।
रातपछि दिन आएन भने ?
दिनको महत्व ह्वात्तै बढ्ला अनि रातको चाहिं कुनै महत्व नहोला ।
तपाईंको स्वर परिवर्तन भएर केटाको जस्तो भयो भने ?
मेरो स्वर त अहिले नै केटाको जस्तो छ । कुनै अपरिचितको फोन आयो भने मलाई पहिले ‘दाइ’ भनेर सम्बोधन गर्छन्, तर म माइन्ड गर्दिनँ ।
श्रीमान् अनुपलाई अर्कै युवतीसँग रंगे हात फेला पार्नुभयो भने ?
तत्काल त मेरो अनुहार अँध्यारो हुन्छ होला, तर म त्यही बेला कुनै प्रतिक्रिया जनाउँदिनँ । जे गर्छु, अनुप एक्लै भएका बेला गर्छु ।
बिहान उठ्दा श्रीमान् अनुप बराल केटी भएको देख्नुभयो भने ?
आहा, मैले नयाँ केटी साथी पाएँ भनेर उफ्रिन्छु । सधैं आफैंसँग हुने ब्रेस्ट फ्रेन्ड नै पाउँदा म कति खुसी हुन्छु होला ?
बाटोमा हिँड्दा कुनै युवकले आई लभ यू भन्यो भने ?
प्रेम भनेको असाध्यै सकारात्मक कुरा हो, त्यसैले आई लभ यू टू भनिदिन्छु ।
नुहाइरहेको बेला ट्याङ्की रित्तिएको थाहा पाउनु भयो भने ?
टाबेलले साबुन/स्याम्पु पुछेर बाहिर निस्कन्छु अनि पानीको व्यवस्था गर्न थाल्छु ।
बजारमा भएका बेला पाइन्टको जिपर बिग्रेको थाहा पाउनुभयो भने ?
तत्काल त आफैंसंग भएको ब्यागले कहाँ छोप्नुपर्ने हो, त्यहीँ छोप्छु । त्यसपछि नजिकको पसलमा गएर नयाँ पाइन्ट किन्छु ।
अचानक जुँगा आउन थाल्यो भने ?
भेरी सिम्पल, दिनका दिन थ्रेडिङ गरिदिन्छु ।
तपाईंको घरको धाराबाट बियर आउन थाल्यो भने ?
अनुप बाहेक अरू कसैलाई यसका बारेमा जानकारी नदिई हरेक साँझ बूढा–बूढी बसेर इन्जोय गर्छौं ।