साप्ताहिक संवाददाता
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक मुनामदन प्रस्तुत हुने भएको छ । भदौ १३ गतेदेखि २६ गतेसम्म मञ्चन हुने उक्त नाटकलाई सविन कट्टेल तथा सुदीप कार्कीको निर्देशन गरेका हुन् । विराट आदर्श साहित्य मञ्चद्वारा प्रस्तुत नाटक मुनामदनमा सविन कट्टेल, आरजु खरेल, एञ्जन पौडेल, अनु श्रेष्ठ, विना भट्टराई, लकेश कार्की, सुदिप कार्की आदि कलाकारले अभिनय गर्नेछन् ।
रंगमञ्चमा नेप–ग्याजम
विगत केही महिनादेखि युटयूबमा चर्चा कमाउँदै आएको नेप–ग्याजम स्ट्यान्डअप कमेडी शोलाई गत शनिबार लाइभ स्ट्यान्ड–अप कमेडी शो सिजन–३ का रूपमा सर्वनाम थिएटरमा प्रस्तुत गरियो ।
रंगमञ्चमा नाटक मात्र होइन, हास्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शकलाई भरपूर मनोरञ्जन गर्न सकिन्छ भन्ने कुरा नेप–ग्याजम स्ट्यान्ड अप कमेडी शोले प्रमाणित गरेको छ ।
सिजन–१ र सिजन–२ को सफलतापछिको यो तेस्रो सिजनमा पाँच जना हास्यकलाकार लेखमणि त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी तथा रोशन सुवेदी आदिले प्रस्तुति दिएका थिए ।