साप्ताहिक संवाददाता
भाद्र २९, २०७५
नयाँ–बानेश्वरस्थित कुञ्ज थिएटरमा नाटक ‘बोक्सी उद्योग’ मञ्चन हुने भएको छ ।
रामकुमार एलनको लेखन, प्रभाकरदेव शर्माको निर्देशन एवं केसी राजा र पदम घिमिरेको परिकल्पनाको उक्त नाटक असोज २ गतेदेखि २० गतेसम्म मञ्चन हुने बताइएको छ ।
यो नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार नाटकको अतिरिक्त शो प्रस्तुत गरिने बताइको छ ।