साप्ताहिक संवाददाता
कार्तिक २९, २०७५
लियो क्लब अफ मीनभवनले अघिल्लो साता काठमाडौंको लाजिम्पाटस्थित त्रिसारामा म्युजिकल ज्यामिङ शीर्षकको सांगीतिक कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा गायकहरू सञ्जय श्रेष्ठ, रविनम महर्जन, प्रशन्न अधिकारी, विकास श्रेष्ठ, सृजन बराइलीका साथमा सांगीतिक समूहहरू द कभियन्स, द इकोल्स, आर्य बर्थ आदिले प्रस्तुति दिएका थिए ।
सुनाकोठीमा कन्सर्ट
ललितपुरको सुनाकोठीस्थित महर्जन कम्प्लेक्समा बृहत् सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर–३ का सांसद दिनेश महर्जनद्वारा आयोजित उक्त कार्यक्रममा नयाँ तथा पुराना गायक–गायिकाहरूले लोकप्रिय गीत–संगीत प्रस्तुत गरे ।
कार्यक्रममा ज्योति घिमिरे, भीम तुलाधर, सञ्जय श्रेष्ठ, बबिन प्रधान, जेम्स प्रधान, सचिन रौनियार, राम श्रेष्ठ, विजय गुरुङ, रबिन महर्जन, रुपेश डङ्गोल आदि कलाकार सहभागी थिए ।