साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७५
पोखरा थिएटरको गन्धर्व नाटकघरमा आज शुक्रबारदेखि ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन हुँदैछ ।
अमेरिकन थिएटर आर्टिष्ट रिर्चड क्लारेमोन्टको निर्देशनमा मञ्चन हुने यो नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धीरेन्द्र पुन, धुर्व रोका, निश्चल विमल, परिवर्तन, रेवन राई, रोशन ज्ञवाली, सूर्य सुवेदी तथा योजना पहारीले अभिनय गर्दैछन् ।
दस साताको अभ्यासपश्चात् मञ्चनका लागि तयार पारिएको उक्त नाटक मंसिर ७ गतेसम्म नियमित मञ्चन हुने बताइएको छ ।