साप्ताहिक संवाददाता
आईतबार साँझ राजधानीको राष्ट्रिय नाचघरमा अलि फरक दृष्य देखियो । प्राय सबैजसो कार्यक्रममा बजाईने राष्ट्रिय गीतको धुन बजेसँगै सुरु भएको कार्यक्रममा जब ६ बटुक स्टेजमा देखा परे सबैको ध्यान खिचियो । बटुकहरुले स्वस्ति वाचन गर्दा हल सम्पुर्ण रुपमा मन्त्रमुग्ध बनेर सुनिरह्यो ।
यो दृष्य हो गीतकार डी.आर. उपाध्यायका एल्वम तथा उपन्यास विमोचन समारोहको । स्वस्ति वाचन भने उपन्यास र गीति एल्वमकै लागि भनेर गरिएको होईन् । कार्यक्रमको प्रमु अतिथिका रुपमा उपस्थित भएका सय वर्षिय राष्ट्रिकवि माधव प्रसाद घिमिरेको दिर्घायुको कामना सहित स्वस्ति वाचन गरिएको थियो ।
घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरेका थिए । उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला तथा मालाले घिमिरेको सम्मान गरे । सोही समारोहमा राष्टकवि घिमिरेले उपाध्यायका ७ एल्वम तथा एक उपन्यास सार्वजनिक गरे । एकै पटक ७ एल्वम सार्वजनिक गर्ने पहिलो व्यक्ति सम्भवत गीतकार उपाध्यायनै हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ ।
उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।
‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको उक्त विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् ।
यो कस्तो ज्वालाको म्यूजिक भिडियो :
मलाई लठ्ठै बनायोको म्यूजिक भिडियो :