साप्ताहिक संवाददाता
कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज शुक्रबारदेखि थारु भाषाको नाटक करोट मञ्चन हुँदैछ । ख्याल बगालको प्रस्तुति तथा थारु फिल्म्स प्रोडक्सनको सहआयोजनामा निर्माण भएको यो नाटकमा प्रणव आकाशको लेखन तथा निर्देशन छ । नाटकमा इन्द्र चौधरी, सुनिता चौधरी, दीपक पछलडंगिया, भूमिका चौधरी, शान्ति चौधरी, निरज बाबु चौधरी, उर्मिला चौधरी, लक्ष्मी चौधरी आदि कलाकरले अभिनय गर्दैछन् । यो नाटक पुस २१ गतेसम्म मञ्चन हुने बताइएको छ ।
जयगान
आज पुस ६ गते शुक्रबार तथा भोलि शनिबार पोखरामा नाटक ‘जयगान’ मञ्चन हुँदैछ । यो नाटक शुक्रबार दिउँसो साढे ३ बजे तथा शनिबार बिहान ११ र दिउँसो ४ बजे गरी कुल तीन शो मञ्चन हुनेछ । ओथेलो नाटक समूहको यो नाटकमा आशिष अधिकारी, देवेन्द्र पुन, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम मगर, सुस्मिता भुषाल तथा सिद्धार्थ तिमिल्सिनाले अभिनय गर्नेछन् । ‘जयगान’ मा मानिसका विभिन्न प्रवृत्ति देखाइने निर्देशक आशिष अधिकारीले बताए ।