साप्ताहिक संवाददाता
पुस १३, २०७५
पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नाटक निरमायाको रिहर्सल भैरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने यो नाटक साहित्यकार सरुभक्त श्रेष्ठले लेखेका हुन्, जसको निर्देशन परिवर्तन कार्कीले गर्दैछन् ।
पुस २७ गतेदेखि माघ १२ गतेसम्म मञ्चन हुने यो नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सिना, निश्चल विमल, सूर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतीक घिमिरे, मनीषा थापा आदिको अभिनय रहनेछ ।