साप्ताहिक संवाददाता
फेसबुक, ट्विटर, इन्ट्राग्राम, युट्युब, लिंक्डइन, स्न्यापच्याट, ह्वाटएपजस्ता सोसल मिडियाका प्रयोगकर्ताहरू दिन प्रतिदिन बढिरहेका छन् । सन् २०१८ को जुनको एक तथ्यांकअनुसार ३ अर्ब १९ करोडभन्दा बढी मानिसहरू सोसल मिडिया सक्रिय छन् । यति ठूलो संख्याले प्रयोग गर्ने सोसल मिडियामा सन् २०१८ मा केही स्क्यान्डलसहित साना ठूला परिवर्तनहरू देखा परे ।
८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरीको घटनाले सनसनी मच्चायो । यो ‘प्राइभेसी स्क्यान्डल’ले सोसल मिडिया कति सुरक्षित छ भन्ने बहस समेत छेड्यो । यतिमात्र होइन्, फेसबुकमाथि अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित गरेको आरोप समेत लाग्यो । फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई आश्वस्त तुल्याउन ठूलो संख्यामा म्यानपावर मात्र लगाएन्, आर्टिफिसियल इन्टिलिजेन्स (ए–आई) समेत निर्माण ग¥यो ।
सोसल मिडियाबीच प्रयोगकर्ताहरूलाई नयाँ के दिने भन्ने विषयमा तीव्र प्रतिस्पर्धा देखियो । धेरै नयाँ फिचर प्रयोगकर्ताको प्राथमिकता, रुचि तथा ग्राहक आवश्यकता एवं व्यापारिक नाफाघाटाको हिसाबका आधारमा लन्च गरिए । सन् २०१८ मा सोसल मिडियामा केही ‘सप्रराइज’ दिने खालका परिवर्तन समेत देखा परे, जसले प्रयोगकर्तामा रोमाञ्चकता थपे । सोसल मिडिया ब्रान्डिङको नयाँ र प्रभावशाली टुलका रुपमा प्रयोग भएका परिदृश्य साँच्चै अनौठा थिए । यसले सन् २०१८ मा भोलिको मार्केटिङ परिदृश्य कस्तो हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।
यही वर्ष इन्स्ट्राग्राम सपिङको सुरुवात भयो । लामो समयको इन्गेजमेन्टले ब्रान्ड एड्भटाएजरहरूलाई इन्ट्राग्रामतर्फ आकर्षित गर्यो । इन्ट्राग्राम स्टोरीको सफलताले यो टिनएजहरूले सबैभन्दा बढी प्रयोग गर्ने सोसल मिडिया सावित भयो । ब्रान्डको प्रवद्र्धन, ब्रान्ड एवं ग्राहकबीचको सेतुका रुपमा पनि सोसल मिडियाको प्रयोग हुन थाल्यो ।
लाइभ स्ट्रीमिङ सन् २०१८ मा सोसल मिडियामा अर्को बुमिङ अवधारणा बन्न पुग्यो । पेरिस्कोप, ट्वीच तथा फेसबुक लाइभ यसका उदाहरण हुन् । युट्युबलाई पछ्याउँदै भिडियो कन्टेन्टको प्रभावकारिता थाहा पाएका सोसल मिडियाहरूले ल्याएका लाइभ फिचरहरू समेत लोकप्रिय भए । सोसल मिडिया विश्लेषकहरूकाअनुसार सन् २०२१ सम्म लाइम स्ट्रीमिङको बजार ७० बिलियन डलरको हुनेछ । अहिलेका मुख्य सोसल मिडियाहरूमध्ये धेरैले लाइभ स्टीमिङको फिचर प्रयोग गरिरहेका छन् । सोसल मिडियाबाटै अनलाइन अध्यापन, इभेन्टहरूको लाइभ ब्रोडकास्टिङ तथा नयाँ प्रोडक्टहरूको लाइभ स्टीमिङजस्ता नवीनतम प्रयोगहरू भए ।
छोटा सांगीतिक प्रस्तुति तथा रमाइला भिडियो अपलोड गर्न सकिने सोसल मिडिया म्युजिकल्ली–टिकटकको उक्लँदो लोकप्रियताको ग्राफले पनि सोसल मिडियामा भिडियो कन्टेन्ट कति सजिव र प्रभावकारी हुन्छ भन्ने कुरा स्पष्ट बनाइदियो । अहिले मानिसहरू फेसबुकको तुलनामा टीकटक– म्युजिकल्ली तथा इन्ट्राग्रामतर्फ आकर्षित भैरहेको संकेत देखिन थालेको छ । कतिसम्म भने सोसल मिडिया विश्लेषकहरू टिकटकलाई भविष्यका रूपमा हेर्न थालेका छन् । भिडियोको यही लोकप्रियताको परिणाम नै हुनुपर्छ, फेसबुकले पनि निकट भविष्यमा टिकटककै शैलीमा छोटा भिडियोहरू अपलोड गर्ने टुलको विकास गरिरहेको छ ।
सन् २०१८ को सोसल मिडियाको अर्को ट्रेन्ड प्रभावशाली मार्केटिङ हो । प्रभावशाली मार्केटिङ राजस्वको ठूलो हिस्सा बन्ने संकेत देखिन थालेको छ । सोसल मिडियामा विज्ञापनको बजार सन् २०२० सम्म १० बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । कारण, उपभोक्ताहरू आफूलाई विश्वास हुने प्रामाणिक सामग्री हेर्न चाहन्छन् । फेसबुकले ल्याएको च्याटबुटलाई पनि महत्वकांक्षी अवधारणाका रूपमा हेरिएको छ जसमार्फत बिजनेस आउटरिचहरूले आफ्ना ग्राहकसँग अटोमेटिक संवाद गर्न सक्छन् । सन् २०१९ मा सोसल मिडियामा अझ ठूला र प्रभावकारी परिवर्तन हुने सम्भावना छ ।
टप १० २ टिकटक
युवापुस्तामा चर्चित सामाजिक सञ्जाल हो—टिकटक । सांगीतिक सामाजिक सञ्जाल टिकटकको लोकप्रियता एकपछि अर्को गर्दै चुलिँदै गएको छ । सटिक भिडियो म्युजिकसहित बनाएर अपलोड गर्न सकिने यो सञ्जालमा प्रशंसकहरूले जो कसैलाई पछ्याउन सक्छन् । टिकटकमा विश्वकै सर्वाधिक
प्रशंसक कमाउने १० सेलिब्रेटी :
१. लिसा एन्ड लेना
३ करोड २१ लाख
२. लोरेन ग्रे
२ करोड ९८ लाख
३. बेबी एरियल
२ करोड ९२ लाख
४. क्रिस्टिन ह्यान्चर
२ करोड १५ लाख
५. ज्याकोब सारटोरियस
१ करोड ९९ लाख
६. फ्लाइटहाउस
१ करोड ८० लाख
७. जो जो सिवा
१ करोड ७३ लाख
८. गिल क्रोस
१ करोड ६५ लाख
९. जय क्रोस
१ करोड ४५ लाख
१०. सभनाह साउटस
१ करोड ३७ लाख