सर्वाधिक कामुक पुरुष

- साप्ताहिक संवाददाता

पुस १९, २०७५

 

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ । कामुकताको परिभाषामा पुरुषलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिँदैन । पुरुषहरूको आकर्षणलाई मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा ग्ल्यामर म्यागजिनले वर्ष–२०१८ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ ।

टम हार्डी

कामुक पुरुषहरूको वर्ष २०१८ को सूचीको पहिलो स्थानमा टम हार्डी छन् । हलिउड चलचित्रका अभिनेता हार्डी पछिल्लो चलचित्र स्पाइडर म्यान– स्पिन अफ भेनोमबाट चर्चामा आएका हुन् । सन् १९७७ मा जन्मिएका हार्डी चार्लोट रिलीसँग विवाहित छन् । यो जोडीका एक छोरा छन् । 

जेम्मी डोर्नान

यो सूचीको दोस्रो स्थानमा हलिउडकै अर्का अभिनेता जेम्मी डोर्नान छन् । सन् १९८२ मा जन्मिएका डोर्नान अहिलेसम्म अविवाहित भए पनि एमेलिया वार्नरसँग लिभ इन रिलेसनमा छन् । उनीहरूका २ छोरी छन् । 

एन्थोनी जोसुवा

यो सूचीको तेस्रो स्थानमा बक्सिङ खेलाडी एन्थोनी जोसुवा छन् । सन् १९८९ मा जन्मिएका जोसुवा अविवाहित भए पनि विगत १० वर्षदेखि आफ्नी गर्लफ्रेन्डसँग लिभ इन रिलेसनमा छन् । यो सूचीमा अटाउने उनी एकमात्र खेलाडी हुन् ।

रयान गोस्लिङ

यो सूचीको चौथो स्थानमा सन् १९८० मा जन्मिएका हलिउड अभिनेता रयान गोस्लिङ छन् । चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङको जीवनकथामा आधारित फस्र्ट म्यान उनको पछिल्लो चलचित्र हो । गोस्लिङ अहिले इभा रयानसँग लिभ इन रिलेसनमा छन् । 

इड्रिस अल्वा 

कामुक पुरुषहरूको सूचीको ५ औं स्थानमा ब्रिटिस अभिनेता तथा संगीतकार इड्रिस अल्वा छन् । ६ सेप्टेम्बर १९७२ मा जन्मिएका अल्वा डिभोर्सी हुन् । अल्वा एचवीओ टेलिभिजनबाट प्रसारण हुने लागु पदार्थ विरोधी सिरियलबाट चर्चामा आएका हुन । हाल सिंगल रहेका अल्वाका दुई सन्तान छन् ।

 

ह्यारी स्टाइल

यो सूचीको छैटौं स्थानमा बीबीसी टेलिभिजनबाट प्रसारित हुने आई प्लेयरबाट चर्चा कमाएका ह्यारी स्टाइल छन् । उनी मूलत: गायक हुन् । सन् १९९४ मा जन्मिएका ह्यारी अहिले भिक्टोरियाज सेक्रेट मोडल केमिली रोवसँग लिभ इन रिलेसनमा छन् । उनी यो सूचीमा पहिलोपल्ट अटाएका हुन् ।

हेनरी काभिल

यसै वर्ष आफ्नी नयाँ गर्लफ्रेन्ड लकी कोर्कसँग देखिएका हेनरी काभिल यो सूचीको सातौं स्थानमा छन् । हलिउड चलचित्र मिसन इम्पोसिबलमा मुख्य नायक टम क्रुजको दाहिने हातका रूपमा देखा पर्ने हेनरी काभिलको जन्म सन् १९८३ मा भएको हो । 

 प्रिन्स ह्यारी

यो सूचीको आठौं स्थानमा बेलायतका राजकुमार प्रिन्स ह्यारी छन् । यसैवर्ष विवाह गरेका ह्यारीको जन्म सन् १९८४ सेप्टेम्बर १५ मा भएको हो । ब्रिटिस सेनामा मानार्थ पद्वी धारण गरेका प्रिन्स ह्यारी गोर्खा सैनिकसँग सम्बन्धित बेलायती सेनाको एक बटालियनका मानार्थ कमान्डर हुन् । 

किट हेरिङ्गटन

यो सूचीको नवौं स्थानमा हलिउड अभिनेता किट हेरिङ्गटन छन् । सन् १९८६ मा जन्मिएका हेरिङ्गटन हलिउड चलचित्र गेम अफ थ्रोन्सबाट चर्चामा आएका हुन् । उनले यसैवर्ष आफ्नी सहकलाकार रोजी लेसिलसँग इंगेजमेन्ट गरेका छन् ।

क्रिस हेम्सवर्थ

यसै वर्ष प्रदर्शन भएको हलिउडको प्रसिद्ध वार ड्रामा ट्वेल्भ स्ट्रोङबाट चर्चामा आएका क्रिस हेम्सवर्थ कामुक पुरुषहरूको सूचीको दसौं स्थानमा छन् । सन् २०१० मा एल्सा पेटाकीसँग विवाहित हेम्स वर्थका ३ छोराछोरी छन् । उनी सन् १९८३ मा जन्मिएका हुन् ।

प्रकाशित :पुस १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×