• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रकाश दाहाल

लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ?
माघ १४, २०७५

    लोकसेवा परीक्षाको तयारी गर्दा लक्ष्य, उद्देश्य र भविष्यको योजना बनाएर तयारी सुरु गर्नुपर्छ । परीक्षाको तयारी गर्दा निश्चित लक्ष्य र उद्देश्यअनुरुप चिन्तन गरिएन भने सफलता प्राप्त गर्न गार्‍हो हुन्छ । 

    सामान्यत: लोकसेवा परीक्षाको तयारी गर्दा दुईवटा पाटोमा ध्यान दिनुपर्छ । एउटा सैद्धान्तिक र अर्कोचाहिँ अभ्यास अर्थात् व्यवहारिक पाटो हो ।

    सैद्धान्तिक पाटोका लागि विद्यार्थीहरू विशेष गरी बजारमा निस्किएका गाइड, किताब तथा विश्वविद्यालयका कोर्सहरूमा मात्र निर्भर रहँदै आएका छन् । त्यसले मात्र पुग्दैन । सम्बन्धित विषयवस्तुमा गहिरो अध्ययन गरिएका प्रतिवेदन, लेख, विचार तथा विश्वविद्यालयका पुस्तकहरूलाई पनि आधार बनाइनुपर्छ ।

    सैद्धान्तिक पक्षका पनि विभिन्न हाँगा अर्थात् पाटा छन् जस्तो आफूले अध्ययन गर्न चाहिरहेको विषयवस्तु वा पाठ्य सामाग्रीको परिचय, परिभाषा, आयाम, सन्दर्भ विश्लेषण, सबल पक्ष र दुर्बल पक्ष, सिद्धान्त र क्षेत्रका बारेमा मजाले केलाएर बुझ्नुपर्छ ।

    परीक्षामा लेख्दा वा लेख्ने अभ्यास गर्दा कसैको रट्ने वा हुबहु लेख्ने होइन कि आफैं विश्लेषण गरेर अफ्नो धारणा बनाएर लेख्नुपर्छ । सरल रूपमा आफ्नै भाषामा लेख्नुपर्छ ।

    परीक्षाको तयारी गर्दा चौतर्फी विषषवस्तुका बारेमा ध्यान दिएर पढ्नुपर्छ वा जानकारी राख्नुपर्छ । दैनिक सयौं घट्ना वा आफूले अध्ययन गरिरहेका विषय सामग्रीका बारेमा जानकारी आइरहेका हुन्छन । त्यसका बारेमा पनि अपटेट हुनुपर्छ । बढीभन्दा बढी ज्ञान हासिल गर्नुपर्छ ।

    अहिलेको युग भनेको सूचना प्रविधिको युग हो । त्यसैले इन्टरनेटको प्रयोग अत्यधिक गर्नुपर्छ । इन्टरनेटमा आफूले अध्ययन गरिरहेका विषयवस्तुमा नयाँ के अपडेट भयो ख्याल गर्नुपर्छ । विषयवस्तु जतिसक्दो अपडेटेड हुनुपर्छ । एक वर्षलाई मात्र टार्गेट गरेर पढ्नु हुँदैन । भविष्यलाई हेरेर तयारी गर्नुपर्छ । 

व्यवहारिक पक्ष

    लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले व्यवहारिक पक्षका बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ । विभिन्न तहका निजामती कोर्समा सरकारको नयाँ नीति, नियम, ऐनहरू समावेश हुँदैन । त्यसैले निजामती ऐन, नियम, कानुन जान्नुपर्छ । 

    संविधानको हरेक पक्षको अध्ययन हुनुपर्छ । जस्तो कि विकासका बारेमा वा मानव अधिकारका बारेमा नयाँ संविधानले के भनेको छ ? कस्तो परिभाषा गरेको छ ? त्यसमा नयाँ के आएको छ, जान्नुपर्छ । आफूले पढिरहेको विषयवस्तुका बारेमा संविधानमा नयाँ व्यवस्था के छ मज्जाले बुझ्नुपर्छ ।

–    त्यसबाहेक अन्य विषयगत सामग्रीका बारेमा पनि जान्नुपर्छ । आफ्नो पाठ्यक्रमका विषयवस्तुमा जानकार रहनैपर्छ । जस्तो– सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यवहारिक पक्षको अध्ययन गरिनुपर्छ । साथसाथै आफ्नो लक्ष्य अनुरुपको सेवा समूह र पाठ्यक्रमसँग मिल्ने विषयवस्तु मजाले पढ्नुपर्छ । 

    त्यतिले मात्र पुग्दैन । त्यसबाहेक सम्बन्धित क्षेत्रका निर्देशिका, कार्यविधि, कार्ययोजनाहरू प्रत्येक मन्त्रालयको वेबसाइटमा गएर हेर्नुपर्छ । 

    आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदनहरू पनि पढ्नुपर्छ ।

    पढ्ने क्रममा सम्बन्धित विषयमा पहिले काम गरिसकेका, व्यवहारिक रूपमा जानकारका साथै अवकास प्राप्त कर्मचारी वा व्यक्तिहरूले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । 

    लोकसेवाको तयारी गरिरहेका विद्यार्थीका लागि आमसञ्चार माध्यम वा मिडिया सूचना र जानकारीका महत्वपूर्ण स्रोत हुन् । मिडियामा आएका सामग्रीहरूका बारेमा नियमित अपडेट हुनुपर्छ । विचारमूलक लेख, सम्पादकीय, जानकारीमूलक लेख तथा समाचारहरू पढ्नुपर्छ । आफ्नो विषयवस्तुसँग सम्बन्धित ज्ञान हासिल गर्नुपर्छ । 

    दैनिक वा साप्ताहिक पत्रिकामा रहेका सामग्रीहरू आफ्नो विषयवस्तुका लागि उपयोगी हुनसक्छन् । त्यसैले पत्रपत्रिका अनिवार्य पढ्नुपर्छ । पत्रिका पढ्न असम्भव भए इन्टरनेटको सहायतामा अनलाइन भर्जन हेरे पनि हुन्छ । 

    त्यसबाहेक पत्रपत्रिकाको पहिलो पृष्ठमा वा विशेष खाले मुद्दामा केन्द्रित भएर आएका समाचार वा घट्नाहरू पढ्नुपर्छ । किनभने परीक्षामा उत्तर लेख्दा ती समाचारलाई उदाहरणका रूपमा समावेश गर्न सकिन्छ । 

    लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले परीक्षामा विभिन्न चरण पार गर्नुपर्ने भएकाले त्यस्ता विषयमा तयारी गर्नुपर्छ । हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयबस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ । 

    अंग्रेजी आदि विषयको तयारी गर्दा लोकसेवाको प्यार्टनमा आधारित रहेर राम्रो तयारी गर्नुपर्छ । सामान्य ज्ञानचाहिँ आफैंमा निर्भर रहने कुरा हो । स्थानीय र विश्व अवस्थाका बारेमा कतिको अपडेट छ त्यसका आधारमा सामान्य ज्ञानको तयारी गर्नुपर्छ । 

    अहिले लोकसेवाको पाठ्यक्रम एकीकृत भएकाले केही विषयवस्तु बाहेक कतिपय विषयवस्तु मिल्दा छन्, त्यसैअनुसार तयारी गर्नुपर्छ । बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोहोर्‍याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले एक वर्ष वा ६ महिना मजाले पढे भने पास गर्न सक्छन् । 

(नेपाल सरकारका सहसचिव दाहालसँग युवराज गौतमले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik