साप्ताहिक संवाददाता
फाल्गुन ११, २०७५
कहिले चलचित्रमा अभिनय गरेर त कहिले कन्सर्टमा प्रस्तुति दिएर चर्चामा आउने गायक हुन्– बाबु बोगटी । चलचित्रको अभिनयमा सक्रिय भएपछि श्रोताहरूले उनका नयाँ गीत त्यति सुन्न पाइरहेका छैनन् ।
यद्यपि, अहिले आएर उनले दर्शक तथा स्रोताको लागि बिल्कुलै नयाँ गीत तयार पारेका छन्–टिकुली । सान्नानी, जमुना, तुलसी, कान्छी मोरी, साली, गोरी जस्ता लोकप्रिय गीत गाइसकेका गायक बोगटीले केही वर्षको अन्तरालमा सार्वजनिक गर्न लागेको टिकुलीमा उनकै संगीत तथा स्वर सुन्न सकिनेछ ।
बोगटीको उक्त गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन्, जसमा बाबु स्वयं मोडलका रूपमा देखिएका छन् भने उनले त्यसमा अभिनेक्री स्वस्तिमा खड्कासँग अनस्त्रिन रोमान्स गरेका छन् ।